युवा व्यवसायिक कृषि पेशामा लागे पनि बजारीकरणमा समस्या
मंगलबारे । व्यावसायिक बङ्गुरपालनमा लागेका युवा दिनेश महतको फार्ममा हाल तीन सय बढी बङ्गुर छन् । विसं २०७५ देखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका महतका फार्ममा उन्नत जातका बङ्गुर रहेका छन् । आधुनिक तरिकाबाट गरिएको बङ्गुरपालनबाट बङ्गुरको सङ्ख्या हाल वृद्धि भएर तीन सय पुगेको छ ।
कुखुरा र कुखुराका दाना र भेटनरी सञ्चालन गर्दै आउनुभएका दिनेश कुखुरासँगै बङ्गुरपालनमा लागेका हुन् । पछिल्लो समय महत जस्तै पशु तथा कृषि पेशामासमेत युवाको आकर्षण बढ्न थालेको छ । केहीले बाख्रापालन त केहीले च्याउ तथा अन्य कृषिजन्य वस्तुको उत्पादनमा लागेका छन् ।
महतको फार्ममा बङ्गुरको हेरचाहका लागि दुई परिवारलाई रोजगारी दिइएको छ । माँ दुर्गा एग्रीकल्चर एण्ड रिसर्च सेन्टरको नामबाट फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन थालिएको महतले बताए।
बङ्गुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन सकिने फार्मका कामदार कृष्ण बराइलीले बताए । माउबाट छुटाइसकेपछि बेच्न सकिन्छ । छिटो वृद्धि र विकास हुने भएपछि पछिल्लो समय उन्नत जातका पाठापाठी खरिद गरेर व्यावसायिक बङ्गुरपालन थालिएको हो । हाल रेन्ड्स, ड्युरो, योगसायर र हेमसायर गरी चार जातका बङ्गुर फार्ममा रहेका छन् । हाल पाठापाठीदेखि दुई सय किलोभन्दा बढीका बङ्गुर रहेका छन् ।
उत्पादन बढे पनि उहाँको फार्मबाट सोचेजस्तो आम्दानी भने नभएको सञ्चालक महतको भनाइ छ । “यहाँ उत्पादन भएको बङ्गुर लोकल बजारमा बिक्रीवितरण भइरहेको छैन”, उनले भने,“हेर्दा उस्तै देखिए पनि सुँगुर र बङ्गुरमा उपभोक्ताले खानमा सुँगुर नै रुचाउने भएकाले स्थानीय बजारमा यसको खपत कम हुन्छ ।”
स्थानीय बजारमा बिक्री नभएको र बाहिरसमेत बङ्गुर बिक्री नभएपछि समस्या भएको महतको भनाइ छ । प्याकेजिङ गरेर बाहिर निर्याततर्फ पनि सरकारले उचित सहयोग गर्नुपर्ने किसानको माग छ ।
सरकारले पछिल्लो समय कृषिमा अनुदानको कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान दिन नसकेको उनको भनाइ छ । किसानले मेहनतका साथ उत्पादन गरेका कृषिउपज बिक्रीवितरणमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको माग छ ।
लामो समय मेहनत गरेपछि मात्र बिक्रीवितरण गरेर आम्दानी लिन सकिने कृषि क्षेत्रमा सरकारले मोटो रकम विनियोजन गर्ने गरेको छ । तर, गर्नैपर्ने ठाउँ पर्याप्त गर्न नसक्दा किसानको गुनासो बढी रहेको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


