काठमाडौँ । सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले आज मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सरकारले सार्वजनिक विदा दिएपछि आज सेयर कारोबार समेत बन्द हुने छ ।आज कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आईतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।





