भन्सार प्रहरीलाई ३० रूपैयाँको दैनिक बोहनी
बारा । भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेका आरोप लगाइएको छ । जाँचका नाउँमा प्रहरी युनिट अगाडि नै बाटो जाम गरी ठाउँठाउँमा दैनिक जाँचको नाउँमा सवारीसाधनलाई रोकेर प्रहरीले दुःख दिने गरेको पीडितहरूको गुनासो छ ।
जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी पोष्टहरुले अहिले दैनिक जाँच गर्ने गरेका तथा लामो समयसम्म सवारी साधन रोकेर रकम असुल्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । भारतबाट मटिअर्वा छोटी भन्सारबाट नेपाल आएका बिआर०५–एई–८५५९ नम्मरको मोटरसाइकल धनीलाई तेलकुअवा प्रहरी चौकीले जाँच गर्दा भन्सारको ‘इन्ट्री’ कागजात च्यातेर फालेको भारत विहार राज्यका डुबहा पञ्चायत दारपा थाना बगही गाउँ निवासी सुबोध कुमार सरार्फले बताए ।
उक्त कागज किन च्यातेको भनी सोध्दा तिमीलाई पनि थुनामा राख्ने जवाफ दिएपछि आफू निराश भएको र जाँचमा खटेका तेलकुअवा प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई जिल्लामा पठाएको उनले बताए । आफूले कुनै कागज नच्यातेको तर मोटरसाइकलको कागज नभएका कारण जिल्लामा पठाएको त्यहाँका प्रहरी सहायक निरीक्षक रामबहादुर यादवले जानकारी दिए ।
कागजपत्र ठीक भए पनि जाँचमा खटेका प्रहरीले रकम असुली कार्यमा लागेको जिल्ला पूर्वीचम्पारण आदापुर औरैया निवासी नैमुदिन आलमको पनि गुनासो थियो । आफूले प्रहरीले बोलेअनुसारको जवाफ दिएकाले बलतल्ल प्रहरीले छोडेको उनको भनाइ छ । यसैगरी जाँचका क्रममा खटेका प्रहरीले दुई दिनअघि मात्र कागजपत्र ठीक भएपछि बिहानको यात्राका लागि बोहनी गराई दिनुस् भनी अनुरोध आएपछि रु ३० दिनु परेको महागढीमाई नगरपालिका–४ का दिनेश तिवारीले बताए ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
