राष्ट्रपतिमा उम्मेदवारी दिनु च्याँखे थाप्नु होइनः प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको भूमिका दिन कुनै कानुनी जटिलता नभएको बताएका छन् ।
‘कानुनी रुपमा नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको भूमिका दिन कुनै जटिलता थिएन । तर यहाँ जबर्जस्ती जटिल बनाइयो । विपक्षी दलको भूमिका दिन निवेदन लेख्नु गम्भीर हो भन्ने पनि लाग्दैन । यो बाहिरफेर कुरा गर्नेभन्दा पनि आन्तरिक रुपमा समीक्षा गर्ने विषय हो । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा त्यसबारे छलफल हुन्छ,’ नेपाली रेडियो नेटवर्क एनआरएन को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
रणनीतिक चातुर्य बनाउन पार्टी चुकेकाले राजकीय पदहरु गुमाउनु परेको पनि उनले औंल्याए । पौडेलले भने, ‘आम निर्वाचनमा हामी पहिलो पार्टी भयौं । त्यस हिसाबले प्रधानमन्त्री दाबी गर्नु त के अनौठो भयो र रु सय प्रतिशत नपाए पनि पार्टीले ४०–६० प्रतिशत लिन सक्नुपर्थ्र्यो । रणनीतिक चातुर्य नभएकाले राजकीय पदहरु पाएनौं । सरकारलाई विश्वासको मत दिइ नै सकियो । अब हामी विपक्ष बेन्चमा बस्छौं, सिर्जनशील प्रतिपक्षको भूमिका निर्वाह गर्छौं ।’
आफूहरु सत्तारोहण गर्न नछटपटिएको दाबी पनि उनले गरे । तर सभामुख, उपसभामुख, राष्ट्रपतिमा उम्मेदवारी दिनु च्याँखे थाप्नु नभएको पनि पौडेलको जिकिर छ । उनले थपे, ‘राष्ट्रपति संविधानको संरक्षक भएर बस्नुपर्ने अभिभावकीय पद हो । त्यसैले अबको राष्ट्रपति नेपाली कांग्रेसको भयो भने बहुरंगी संसदमा पनि सन्तुलन कायम हुन सक्छ । त्यसैले हामीले राष्ट्रपतिमा दाबेदारी प्रस्तुत गर्न चाहेका हौं । यसको अर्थ हामी सत्तारोहण गर्न छटपटिएका छैनौं । संसदीय व्यवस्थामा उम्मेदवारी दिनुलाई च्याँखे थापेको भन्न मिल्दैन ।’
कांग्रेसले राष्ट्रपतिमा साझा पात्र खोज्ने भन्दा पनि आफैं उम्मेदवारी दिने नेता पौडेलले प्रस्ट पारे । उनले भने, ‘सहमतिका आधारमा साझा व्यक्ति आउने स्थिति आयो भने अर्कै कुरा हुन्छ । तर आजको दिनमा कांग्रेसले आफैं उम्मेदवारी दिन्छ ।’ कानुनी रुपमा स्पष्टता नभएको कारण देखाउँदै राष्ट्रपतिको पदावधि लम्बाउन खोजिएको आरोप पनि उनले लगाए ।
साथै उनले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुन नमिल्ने पनि दाबी गरे । पौडेलले थपे, ‘राष्ट्रपति कार्यकारी पद होइन । प्रधानमन्त्री भएर शक्तिको अभ्यास गरिसकेको मान्छे राष्ट्रपति हुन सक्दैन । त्यो त अनुशासनमा बस्नुपर्ने आलंकारिक पोजिसन हो । यो कुरा माओवादी केन्द्रले पनि बुझेको हुनुपर्छ ।’
सम्बन्धित समाचार
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

