Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

महाशिवरात्री अवसरमा पशुपतिमा लाग्ने दुई हप्ते मेला बजारको लागि कम्पनी छनोट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ४
महाशिवरात्री अवसरमा पशुपतिमा लाग्ने दुई हप्ते मेला बजारको लागि कम्पनी छनोट

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि अनलाइन टेण्डर प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ ।

महाशिवरात्रिको दिनदेखि दुइ हप्तासम्म पशुपति क्षेत्रस्थित वनकालीमा मेलाबजार सञ्चालन गरिनेछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने एम। एम। बि। के। एल इभेन्ट एण्ड बहुउद्देश्यीय कम्पनीलाई २० लाख ५० हजारमा सञ्चालनको जिम्मेवारी दिइएको कोषले जनाएको छ । गत वर्षभन्दा यसपटक ५ लाख ५० हजार बढीमा सो कम्पनीलाई मेलाबजार सञ्चालन गर्न दिइएको मेलाबजार तथा साजसजावट उपसमितिका संयोजक पुर्ण संगम जेठाराले जानकारी दिए ।

मेलामा बालबालिका एवं वयस्कका लागि रमाइलो पिङलगायतका खेलहरूका साथै विभिन्न सामग्रीहरूको किनमेल गर्न सकिने गरी आकर्षक बिक्रि कक्षहरू सञ्चालन गरिने जनाइएको छ । यसपटको शिवरात्रीको मुख्य अतिथिको रुपमा भारतबाट शंकराचार्य स्वामीको आगमनले पनि धेरै दर्शनार्थी र भक्तजनको भिड बढ्ने संयोजक जेठाराले बताए ।

naima expoTop Changing Nepal

युट्युब सट्स