स्कटल्यान्डले नामिबियालई दियो २२२ रनको लक्ष्य
जानकारी केन्द्र
२०७९, फाल्गुन, ८
काठमाडौँ । आइसिसी विश्वकप लिग(२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८. ४ ओभरमा २२१ रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४७ रन जोडे भने कप्तान रिची बेरिङटनले ३२ रन बटुले। टोमस म्याकिङटोसले ३४ रन तथा माइकल लेस्कले २९ रन बनाए। बलिङमा नामिबियाका ट्रम्पलम्यानले ५ विकेट लिए। यस्तै टाङगेनी लुङमेनीले २ विकेट हात पारे।
सिरिजमा यसअघि नेपालले नामिबियालाई दुवै खेलमा र स्कटल्यान्डलाई एक खेलमा पराजित गरेको थियो। सिरिजको अन्तिम खेलमा भोलि मंगलबार नेपाल र स्कटल्यान्डबीच खेल हुनेछ।
सम्बन्धित समाचार
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

