चैत्र नवरात्रिका नौ दिनसम्म गर्नुहोस् यी काम, माता दुर्गाको रहनेछ कृपा
एजेन्सी । शक्तिको महान् पर्व नवरात्रि बुधबारदेखि सुरु हुँदैछ । यो माता दुर्गाको ध्यान र आराधना गर्ने पर्व हो, यो पर्वमा अपनाइएका केही उपायले संसारकै धनी व्यक्ति बन्न सक्ने विश्वास गरिन्छ ।
यदि तपाई पनि आर्थिक अभावले हैरान हुनुहुन्छ र देवी दुर्गाको शक्तिको यो महान् पर्व नवरात्रिले तपाईको जीवनमा सुख र आर्थिक समृद्धि ल्याओस् भन्ने सोचिरहनुभएको छ भने केहि उपाय अपनाउनु पर्छ ।
यी हुन् केही प्रभावकारी एवम् अचूक उपायहरू
यी नौ दिनमा अखण्ड दियो बाल्न नसके बिहान बेलुका घ्यूको दियो अवश्य बाल्नुहोस् । यो ध्यानमा राख्नुहोस् कि हरेक अवस्थामा नौ दिन बिहान र बेलुका दियो बाल्नु पर्छ। यस बत्तीमा ४ लौंग राख्नुहोस् । नौ दिनसम्म यसो गर्नुहोस् ।
नवरात्रिका यी दिनहरूमा रातो चुुनरीमा पाँच प्रकारका सुक्खा फलहरू राखेर माता दुर्गालाई अर्पण गर्नुहोस् । नवरात्रिको नौ दिनमा हरेक दिन हनुमान जीलाई सुपारी चढाउनुपर्छ । नवरात्रिमा नौ दिनसम्म माता दुर्गालाई ७ वटा अलैंची र चिनी चढाउनुपर्छ ।
नवरात्रिका यी नौ दिनहरूमा जुनसुकै बेला देवी माताको मन्दिरमा रातो रंगको झण्डा चढाउनुहोस् । नवरात्रिमा देवी मातालाई ताजा सुपारी र सिक्का चढाउनुहोस् । मखानामा सिक्का राखेर देवीलाई अर्पण गर्नुहोस् र त्यसपछि यो सामग्री गरीबहरूमा बाँड्नुहोस् ।
सानो पर्समा दक्षिणा राख्नुहोस् र साना केटीहरूलाई रातो रंगको उपहार दिनुहोस् । नवरात्रिको समयमा आफ्नो घरमा स्वस्तिक, ओम, श्री, हात्ती, कलश, दीपक, गरुडघण्टी, पत्र, कमल, श्रीयंत्र, आचमणी, मुकुट, त्रिशूल आदि जस्ता शुभ सुन वा चाँदीका वस्तुहरू किनेर देवीको चरणमा राख्नुहोस् र पूजा गर्नुहोस् ।
त्यसपछि नवरात्रिको अन्तिम दिनमा त्यो सामग्रीलाई गुलाबी रेशमी कपडामा बाँधेर भल्ट वा जहाँ पैसा राख्नुहुन्छ, त्यसमा राख्नुहोस् । यसबाट अचम्मको धनमा वृद्धि हुने विश्वास गरिन्छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

