मुख्य निर्वाचन अधिकृतसमक्ष रविले बुझाए ६ पृष्ठको स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारीको विरुद्धमा परेको उजुरीमा स्पष्टीकरण बुझाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यलयमा आफै उपस्थित भई लामिछानेले ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका हुन् ।
आगामी बैशाख १० मा चितवन (२हुने उपनिर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार रहेका लामिछानेले नँया नागरिकता प्राप्तीपछि पुरानो नागरिकताको निस्सा जिल्ला प्रशासन कार्यलयमा नबुझाएको र पुरानै मतदाता नामावलिका आधारमा उम्मेदवारी दर्ता गराएको भन्दै उनको उम्मेदवारीविरुद्ध चितवन (२ मा राष्ट्रिय जनर्मोचाको तर्फबाट उम्मेदवार रहेका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी,स्वतन्त्र उम्मेदवार सन्तोष थापा र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिबबहादुर सुवेदीले उनिविरुद्ध उजुरी दिएका थिए ।
रविको स्पष्टीकरण अध्ययनपछि कार्यालयले बुधबार नै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।
त्यस्तै युवराज पौडेल ‘सफल’को उजुरी भने नलाग्ने भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई फेरि नागरिकता लिएको भन्दै पौडेलले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

