Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग पैसा मागेको आरोप

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, चैत्र, २६
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग पैसा मागेको आरोप

काठमाडौँ । पछिल्लो समय राजा ल्याउने तथा बैंक ब्याज र लघुवित्त विरुद्ध आन्दोलन गर्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक माग गरेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठ विवादमा परेका छन् ।

उनलाई निलम्बन गर्न लागेको पार्टीले जनाएको छ । पोखराका सहकारी अभियन्ता भन्ने श्रेष्ठले सहकारीको पैसासमेत अपचलन गरेको आरोप खेप्दै आएका थिए । अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्न लागेको हो। श्रेष्ठले प्रसाईंसँग २ करोड रुपैंया मागेको आरोप छ, यद्यपि आरोप पुष्टि हुन भने बाँकी छ ।

अडिओ बाहिरिएको विषयमा निलम्बन गर्न छानबिन समिति बनाइएको र प्रतिवेदन आउन बाँकी रहेको, तर पार्टीले निलम्बन भने गरिसकेको स्रोतको दाबी छ । गण्डकी प्रदेशका नेता श्रेष्ठ समानुपातिक सांसद हुन् ।

पार्टीले निलम्बन गरेपपछि अब उनको सांसद पद पनि निलम्बन हुन सक्छ। तर, रास्वपाले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि सो प्रक्रिया सुरु गर्ने पार्टी स्रोतको भनाइ छ ।

 

Top Changing Nepal

युट्युब सट्स