२ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद पार्टीबाट निलम्बित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले घूस मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको छ । श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो आजै सार्वजनिक भएको थियो ।
स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियारले अडियो सार्वजनिक भएकाले तत्कालका लागि श्रेष्ठलाई सांसद र पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी दिए । अडियोमा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भागमा परेको उल्लेख गर्दै प्रसाईंलाई दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
उनले तत्काल एक करोड भए पनि मन्त्री बनाउन सभापति रवि लामिछाने तयार रहेको प्रसाईंलाई सनुाएका छन् । प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने, तर पछि आफ्नो काम गरिदिनुपर्ने सर्त राखेको अडियोमा सुनिएको छ ।

सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

