रवि भन्छन्- ‘कोर टीम’लाई पनि कारबाही हुन्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘कोर टीम’लाई पनि कारबाही हुने बताएका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं। २ बाट उम्मेदवारी दिएका लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूलाई सम्बोधन भनेका छन्, ‘कोर टीमलाई पनि कारबाही हुन्छ ।’
यसअघि २ करोड ‘बार्गेनिङ्ग’मा परेका रास्वपा सांसद डा। ढाकाकुमार श्रेष्ठले आफूसँग कोर टीम भएको र उक्त पैसा कोर टीमलाई बुझाउने बताएका थिए । अहिले सांसद श्रेष्ठ निलम्बनमा परिसकेका छन् । यही सन्दर्भ सम्झाउँदै लामिछानेले भनेका छन्, ‘त्यो कोर टीम भनिएको को हो मलाई थाहा छैन । तर, कारबाहीको भागीदारचाहिँ त्यो कोर टीम पनि हुनुपर्छ । गलत काम गर्नेलाई पार्टी जोगाउँदैन । त्यो कोर टीमलाई कारबाही हुन्छ ।’
उनले आफूलाई र आफ्नो पार्टीलाई हराउने शृङ्खलाबद्ध अभियान चलेको आरोप लगाएका छन् । ‘पार्टी सुद्धीकरणमा सहयोग गर्ने साथीहरूलाई धन्यवाद । जसले त्यो रेकर्ड बाहिर ल्याइदिनुभयो, त्यसलाई म सम्मान नै गर्छु । तर, पार्टीलाई हराउने तवरले एकपछि अर्को अभियान चलाउनेसँग सहमत हुन सकिँदैन । म रहेपनि म नरहेपनि यो अभियान र मेरो पार्टी रहिरहन्छ,’ उनले भनेका छन् ।
सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

