Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

ढाकाकुमारलाई कारवाही गर्ने रास्वपाको तयारी

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, चैत्र, २९
ढाकाकुमारलाई कारवाही गर्ने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित सांसद् डा ढाकाकुमार श्रेष्ठलाई कारवाही गर्ने अन्तिम तयारी गरेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकम मागेपछि अडियो एक मिडियाबाट सार्वजनिक भएपछि पार्टीले उनलाई सांसद् पद निलम्बन गर्दै उनलाई २४ घन्टे स्पष्टीकरण माग गरेको थियो।

समय गुज्रिसकेपछि स्पष्टीकरण बुझाएका श्रेष्ठले उक्त अडियो आफ्नो नभएको जिकिर गर्दै अनावश्यक रुपमा आफूलाई मात्रै कारवाही गरे ‘कोर’ टिमको बारेमा पोल खोलीदिने धम्की दिएका थिए।

श्रेष्ठको विषयमा छानविन गर्न ७२ घन्टा समय दिएर रास्वपाले अनुशासन समितिलाई जिम्मा दिएको थियो। समितिले श्रेष्ठसँग एक घन्टाको बयान लिएर प्रतिवेदन तयार पारेको छ।

समितिले श्रेष्ठसँग बयान लिएर प्रतिवेदन पार्टीलाई बुझाईसकेको छ। उक्त प्रतिवेदनमा सांसद् श्रेष्ठ नै दोषी रहेको ठहर गरेको रास्वपा उच्च श्रोतले जनाएको छ।

अनुशासन समितिले प्रतिवेदन बुझाएपछि सो प्रतिवेदन अहिले २ बजे बस्ने पार्टीको केन्द्रीय कमिटीमा छलफल गरेर निर्णय लिईने बताईएको छ।

छलफलपछि पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउने तयारी गरिरहेको रास्वपाले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स