बालेन झनै आक्रमक, सरकारलाई भने–‘सिंहदरबार अरु पालिकामा सार्नुस्’
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंका हितमा काम गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौंको हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्न पनि उनले सरकारलाई चेतावनी दिएका छन् ।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौं बासीलाई सिंहदरबार र राजधानी सार्दा कुनै आपत्ति नहुनेसमेत उनले उल्लेख गरेका छन् । आफूहरुका लागि राजनीति भन्दा पनि सम्पदा, संकृती , कला, सभ्यता महत्वपूर्ण भएको उनले बताएका छन् ।
‘हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन,’– उनले लेखेका छन् ।
केही समयदेखि बाघदरबार र सिंहदरबारबीच दूरी बढेको छ । काठमाडौं महानगरले सिंहदरबारदेखि महत्वपूर्ण सरकारी कार्यालय र भिआईपीहरुको निवासमा फोहोर नउठाउने निर्णय गरेका छन् । उनको निर्णयलाई लिएर प्रतिनिधि सभामासमेत वहस भइसकेको छ ।
सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

