काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रति तोला दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





