• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
  • ८ घण्टा 

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट
  • ८ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १७ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • ४. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ६. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ७. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ८. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • १०. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाकर्मी ‘हाई अलर्टमा’

जानकारी केन्द्र २०८०, बैशाख, २४

ललितपुर । बुंगद्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ ।

रातो मच्छिन्द्रनाथको रथयात्राका पछिल्ला वर्षहरूदेखि सुरक्षा व्यवस्थापनको हिसाबले गृह मन्त्रालय र प्रहरी मुख्यालयको समेत मुख्य चासो रहने गरेको छ । यसले गर्दा रातो मच्छिन्द्रनाथ रथयात्रा केन्द्रित सुरक्षा योजना तयारी गरी त्यसको कार्यान्वयन गर्दै आएको हो ।

सुरक्षाको गर्नुपर्ने विषय, सम्भाव्य जोखिम, सडकको संरचना, मानिसको घनत्वलगायत विविध पक्षले सुरक्षा व्यवस्थामा पार्न सक्ने असरको आधारमा सुरक्षा चुनौतीलाई विश्लेषण गरी सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले नेपाल समाचारपत्रलाई जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक शाहका अनुसार मच्छिन्द्रनाथको रथमा श्री मच्छिन्द्रनाथको मूर्तिसहित विभिन्न बहुमूल्य मूर्ति, बहुमूल्य धातु, गरगहनाको सुरक्षा, रथयात्रामा हुने भीडभाडमा मानिसको जीउधनको सुरक्षा र मानिस आस्था र विश्वासअनुसार जात्रा पर्व मनाउने दिने गरी तीनवटा पक्षलाई हेरेर सुरक्षा योजना तयार गरिएकोे थियो ।

पहिला, रथयात्राको समयमा हुने जीउधनको सुरक्षा, ३२ हात लामो रथ तान्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबाट मानिसलाई बचाउनेतर्फ सुरक्षा केन्द्रित रहेको छ । यसका लागि रथ तान्ने बेला रथको दायाँबायाँ प्रहरीहरू खटिएको छ । सबैभन्दा बढी भीडभाड हुने भनेको रथयात्रा हुँदाखेरि हो । रथयात्रामा सुरक्षा व्यवस्थाका लागि प्रहरी नायव उपरीक्षकको कमान्डमा १ सय १५ जना प्रहरी परिचालन हुने गरेको छ । रथयात्राका क्रममा प्रहरी परिसरसँगै प्रहरी वृत्त सातदोबाटो, मंगलबजार प्रभाग, बालकुमारी प्रभागका प्रहरी परिचालन हुने गरेको छ ।

रथको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी रहने गर्दछ । रथ तान्ने बेला रथ पछाडिको भागमा ४५ जना सशस्त्र प्रहरीले घेरा हालेर सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरी २१ नम्बर गणका प्रहरी उपरीक्षक सुमनजंग थापाले बताए । तर, लगनखेलमा सुरक्षा चुनौती बढी भएकाले शनिबार ६० जना सशस्त्र प्रहरी खटाइएको थियो ।

तेस्रोमा मानिसको धार्मिक आस्था, परम्पराप्रति अपनत्वलाई सम्मान गर्दै सोहीअनुरूपको गतिविधि सहज बनाउन प्रहरी खटाइएको छ । रथयात्राका क्रममा हुन सक्ने पाकेटमार, झैझडालाई ध्यानमा राखेर सिभिल डे«समा प्रहरी परिचालन गर्दै आएको छ भने जिल्लास्थित अनुसन्धान विभागका प्रहरी परिचालन गर्ने गरेको छ । रथयात्रा नहुने बेला रथको मूर्तिको सुरक्षाका लागि ४ जना र रथ अगाडि सुरक्षाका लागि १५ जना प्रहरी तैनाथ हुने गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

ताजा

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.