प्रचण्डको तारिफ गर्दै विप्लवले भने–प्रचण्ड कमरेड नभएको भए जनयुद्ध हुँदैन थियो
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड नभएको भए देशमा जनयुद्ध सम्भव हुने थिएन भन्ने दाबी गरेका छन् । हिजो (आइतबार) काठमाडौंमा आयोजित १४औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले पनि प्रचण्डलाई माओवादीजस्तो भएर काम गर्न सुझाव दिए ।
उनले भने,‘अहिले कमरेड प्रचण्ड सत्तामा हुनुहुन्छ, उहाँ हाम्रो नेता पनि हो । हामीले भनेका छौं र समय आएको छ, हामीले उहाँलाई भनेका पनि छौं, तपाईं क्याबिनेटमा प्रस्ताव गर्नुहोस, हामी रत्नपार्कमा समर्थनमा जुलुश निकाल्छौं नि । हामी गर्न तयार छौं नि, हामी हरेक मोर्चामा सरकारलाई साथ दिन तयार छौं ।’ उनले आफूहरु दलित, महिला, श्रमिक, सुकुम्बासीहरुको पक्षमा जबरजस्त उभिने बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड अब एकपटक माओवादीजस्तो बन्नुपर्ने सुझाव दिए । उनले भने,‘उहाँ बन्नुहुन्छ, हामीलाई विश्वास छ । यो भनेको कुनै आलोचनाको कुरा होईन । हामीले भन्थ्यौं की प्रचण्ड नभएको भए जनयुद्ध हुँदैन थियो । आज मान्छेले जति गफ चुटेपनि केही होईन । साँचो कुरा के हो भने प्रचण्ड कमरेड नभएको भए जनयुद्ध हुँदैन थियो ।
सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

