रेशम चौधरीको आममाफीमा रास्वपाले भन्यो -‘जघन्य अपराध क्षम्य हुन सक्दैन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रेशम चौधरीलाई आममाफी दिने निर्णयको विरोध गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै रास्वपाले राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन नसक्ने बताएको हो ।
मिति २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको रास्वपाले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल स्वंयले सदनको रोस्टमै उभिएर चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेर होस् या अन्य तरीकाले सरकार लागिपरेको कुरा खुलेर बताएको र सरकारको यो कदम पुर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले गणतन्त्र दिवशको अवसरमा सोमबार रेशम चौधरीसहित झण्डै ५ सय कैदीलाई रिहा गर्ने निर्णय गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाहा गरेपछि उनी आज रिहा भएका छन् ।

सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

