प्रधानमन्त्रीले महाकालको १०८ किलो रूद्राक्षले पूजा गर्ने, भक्तजनलाई ६ घण्टा मन्दिर प्रवेशमा रोक
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज मध्य प्रदेशस्थित उज्जैनको महाकाल मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ । अहिले विहान ११ बजे उज्जैन पुग्ने तयारीमा रहेको प्रचण्डले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् ।
काठमाडौँबा भ्रमणमा जाँदा विशिष्ट प्रकारको १०८ किलो रूद्राक्षले साथ मै लगिएको छ । प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिर दर्शन तथा पूजा गर्दा ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाईएको छ ।
अहिले बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ । मध्य प्रदेश स्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


