खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित
पर्वत । लामो समयदेखिको खडेरीका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ। यतिवेला धमाधम कोदो र धान रोपाइँ शुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन्।
विगतका वर्षमा जिल्लाका अधिकांश वडामा अहिलेसम्म कोदो रोपाइँ सकिन्थ्यो। केही वडामा धान रोपाइँ हुन्थ्यो तर यस वर्ष भने कुनै पनि वडामा रोपाइँ सुरु नभएको कृषकले बताएका छन्।
लामो समयदेखि वर्षा नभएका कारण कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको कुश्मा नगरपालिका–१२ का कृषक रामप्रसाद सापकोटाले बताए।
‘गत वर्ष कोदो रोपिसकेर धान रोपाइँ सुरु गरेका थियौँ’ उनले भने, ‘यो वर्ष रोप्न पाइएको छैन, कोदोको बीउ सुकिसकेको छ भने धानको बीउसमेत राख्न पाइएको छैन।’ धानको पानी बीउ राख्ने प्रचलन भए पनि जेठ अन्तिम सातासम्म वर्षा नभएपछि कतिपयले धुले बीउ राख्न थालेका छन्।
सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको फलेवास–५ का हरि पौडेलले बताए। यो वर्ष समयमै रोपाइँ गर्न नपाइने भयो। पछिल्ला केही दिनयता तापक्रमसमेत ह्वात्तै बढेका कारण लगाएका बालीनालीसमेत ओइलाउँदै गएको उनको भनाइ छ।
पर्वतका अधिकांश वडामा वर्षाको भरमा खेतीबाली लगाउँदै आएका छन्। झण्डै सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला नै सुकेकाले समस्या भएको हो।
जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो। मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीको रुपमा उत्पादन हुने गरेको छ। जिल्लाभर नौ हजार ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झण्डै सात हजार हेक्टरमा कोदो र मकै खेती हुने गरेको छ। मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ।
कृषि ज्ञान केन्द्र पर्वतले लामो समयदेखि वर्षा नहुँदा पर्वतमा रोपाइँ गर्न समस्या भएको जनाएको छ। मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन्। वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले यो महिनाको अन्त्य वा असार महिनाको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नगर्ने बताए।
उनले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो उत्पादन राम्रो हुनेसमेत उहाँको भनाइ रहेको छ । जिल्लाका सात पालिकाका ६१ वडाकै कृषक यतिबेला मनसुनको पर्खाइमा रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
