• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १५ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १५ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १ दिन 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १ दिन 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

  • ४. काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

  • ५. शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

  • ६. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • ७. याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

  • ८. १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

  • ९. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • १०. सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

असार ०२ देखि ०८ गते सम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८०, असार, २

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता भक्ति र सेवा भाव बढेर जानेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । रोकिएका अधुरा कामहरूको पुनस् योजना बन्नेछ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्ता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । नयाँ र शुभ कार्यको योजना बन्नेछ । कीर्तिमानी काम गर्ने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता आज सहकर्मीबाट विरोध आउन सक्छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च बढ्नेछ । मङ्गलवारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता सामाजिक कार्यमा सफलता हात लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता आकस्मिक धन लाभ हुन सक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । प्रेम जीवन पनि सफल नई राहनेछ । मध्य साताबाट नाक तथा घाँटीमा समस्या आउनेछ अतस् स्वास्थ्य प्रति सजग रहनुहोला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ । साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता मध्यम नै रहनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिने बेला छ । खानपिनको विविध परिकार खान पाइनेछ । धार्मिक यात्राको योग र योजना बन्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारको क्षेत्रमा पनि राम्रो सफलता मिल्ला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । कृषि र धार्मिक कार्यहरू सम्पन्न हुनेछ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शुभ कार्यमा सरिक भइनेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । साताको मध्य भागमा घरायसी झमेलामा परिनेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । विद्यार्थीहरूको पढाईमा मन नजान सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । बुधवारबाट प्रेमीको सहयोग पाइनेछ । प्राविधिक र राजनैतिक कार्यमा सफलता ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.