Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

भैरबनाथ मन्दिरका मूल पुजारी निलम्बित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १४
भैरबनाथ मन्दिरका मूल पुजारी निलम्बित

पाल्पा ।पश्चिम नेपालकै धार्मिक धरोहर पाल्पा भैरबनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन् । मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थी माथि यौनजन्य अभद्र व्यवहार गर्ने गरेको पाइएकाले योगीलाई सबै खालको जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिले हिजो एक विज्ञप्ति जारी गर्दै पुजारीबाट भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पुजारी योगीले दर्शनका लागी आउने महिला दर्शनार्थी माथि पटक पटक अभद्र व्यवहार गर्ने गरेको घटना विभिन्न सामाजिक संन्जाल तथा मिडियामा सार्वजनिक भएको थियो ।

पुजारीको व्यवहार प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्दिर व्यवस्थापन समितिले सत्य तथ्य छानबिन नहुँदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर पोखरेलले जानकारी दिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स