एकीकृत समाजवादीमा व्यापक असन्तुष्टि, एमाले फुटाएकोमा झाँक्रीलाई पछुतो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले पार्टीभित्र व्यापक असन्तुष्टि बढेको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीभित्र सैद्धान्तिक र व्यवहारिक पक्षमा धेरै असन्तुष्टि रहेको बताएकी हु्न् । पार्टीभित्र चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न कुनै मिटिङ, सम्मेलन वा महाधिवेशनको विकल्प नरोजिएको उनको भनाई छ । तत्कालीन एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउनुमा आफूहरुको कमजोरी भएको उनले स्वीकार गरिन् । आफूहरुले जे उद्देश्यले पार्टी फुटाएको हो त्यो पुरा नभएको उनको स्वीकारोक्ति छ । नेतृ झाँक्रीले यसको समीक्षा इतिहासमा हुने बताईन् ।
‘जतिबेला हामी फुटाउनेमा लाग्यौं, फुटाउनेमा प्रेरित गर्नेहरु भयौं, यसमा हामी सबैको थोर बहुमत कमजोरी, गल्तीहरु भए होलान् । त्यसको समीक्षा गर्नपर्छ, भोलि इतिहासमा होला । किनभने हामीले जे उद्देश्यले पार्टी फुटाएको थियौं, जे परिस्थिति सिर्जना भयो, त्यसको समीक्षा बाहिर नभने पनि भएकै छ । त्यसले एउटा परिस्थिति निर्माण गरेन भन्ने पनि भएकै छ । त्यसले गर्दाखेरी सायद हाम्रा पनि कमीहरु थिए होला, लिडरसिपको पनि कमीहरु थिए होला,’– उनले भनिन् ।
‘अब एमालेमा फर्कने तयारीमा हो ? केपी शर्मा ओलीको भनाइृ छ’ भन्ने धमलाको प्रश्नमा झाँक्रीले आफूलाई यस विषयमा कुनै जवाफ दिन आवश्यक नरहेको बताईन् । नेकपा (एस) को महाधिवेशनसम्म ‘पर्ख र हेर’ को अवस्थामा बस्नेतर्फ लक्षित गर्दै उनले भनिन्, ‘हेरौं अधिवेशन, महाधिवेशनसम्म जाऔं, कमिटीहरु, जनसंगठनहरु पुन गठन गरौं। विचार र राजनीतिका क्षेत्रमा अलिकति काम गरौ, हुन्छ कि ? महाधिवेशन गरौं ।’
सम्बन्धित समाचार
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

