Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

ललिता निवास प्रकरण हिरो बन्ने स्टन्ट मात्र हो : अध्यक्ष ओली

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, असार, २२
ललिता निवास प्रकरण हिरो बन्ने स्टन्ट मात्र हो : अध्यक्ष ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरण हिरो बन्ने स्टन्ट मात्र भएको आरोप लगाएका छन्। शुक्रबार स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ललिता निवास जग्गा प्रकरण आफू हिरो बन्ने स्टन्ट मात्र भएको आरोप लगाएका हुन्।

उनले भने, ‘ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो। यसमा गठबन्धनकै मान्छे पर्ने हुन्। हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला। अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन्। ललिता निवासको दोषी को को हुन्रु कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो? सरकारले प्रष्ट पारोस्।’

Top Changing Nepal

युट्युब सट्स