Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

प्रतिनिधिसभा बैठक सोमबारसम्मका स्थगित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, असार, २४
प्रतिनिधिसभा बैठक सोमबारसम्मका स्थगित

काठमाडौँ । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सूचना टाँस गरेर बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो। यसअघि शुक्रबारका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले बुधबार बैठक अवरुद्ध गरेयता संसद् सुचारु हुन सकेको छैन। नेकपा एमालेले संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको थियो।

एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिको विरोध गर्दै एमालेले संसद् अवरोध गरेको हो।

Top Changing Nepal

युट्युब सट्स