सिता दाहालको निधन बारे दिएको अभिव्यक्तिमा तोसिमाले मागिन् क्षमा, भनिन्- ‘तोडमोड गरियो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले बुधबार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन बारे दिएको अभिव्यक्ति प्रति क्षमा मागेकी छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर दुःखको घडीमा असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनले माफी मागेकी हुन् ।
हिजो प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन कोटेश्वरस्थित माओवादी केन्द्रको मुख्यालय पुगेकी तोसिमाले असंवेदनशील भएर अभिव्यक्ति दिएकी थिइन् । उनको दिएको सार्वजनिक अभिव्यक्तिमा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त रु’ भन्ने खालका अभिव्यक्तिहरू दिएकी थिइन् ।
उनको अभिव्यक्ति अमानवीय र अपरिपक्कताको पराकाष्ट भन्दै सामाजिक संजालमा भाइरल भएपछि डा. तोसिमाले क्षमा मागेकी हुन् । दुखद घडीमा पनि असंवेदनशील भएर विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचनासँगै उनले दिएका अन्तवार्ताको केही टुक्राहरु अहिले सामाजिक संजालमा भाइरल भइरहेका छन् ।
उनले बुधबार राति नै सामाजिक संजालमा माफी माग्दै आफ्नो भनाई तोडमोड गरिएको बताएकी छन् । आफूले गलत बोलेको बारे भने उनले केही बोलेकी छैनन् । उनले बाईटलाई तोडमोड गरी राखिएको र पुरा भिडियो सुन्नुहुन आग्रह गरेकी छिन् भने सो तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा क्षमा मागेको बताएकी छन् ।
तोसिमाले सामाजिक सञ्जालमा बुधबार राति लेखेकी छन्
‘सम्माननीय प्रधानमन्त्रीज्यु की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदर्णिय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ, जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई ईतिहासले सम्झनुपर्छ्र उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ, सम्मानित उहाँप्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यु र समग्र परिवारलाई विचलित नभई यो दुःखद घडिको सामना गर्न शक्ति मिलोस् भनि कामना गर्न चाहन्छु ।
म स्वयम्ले पेरिस डाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरिरमा फूल र श्रद्दा अर्पण गरेपछि केहि मिडियाकर्मी साथीहरुले लिनुभएको बाईटलाई तोडमोड गरी राखिएकोमा, पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु् र साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु’ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

