• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १२ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १२ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १ दिन 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १ दिन 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • २. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ३. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • ४. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ८. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ९. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • १०. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

२०८० साल साउन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८०, श्रावण, १

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पढाइ लेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ, तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मध्य महिनामा प्रेम र मित्रताको बन्धन कसिने समय छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साउन महिनामा आफन्तबाट भरपुर साथ र सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । २२ गते बाट दबाब र तनाव बढेको महसुस हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिनामा सामान्य रहनेछ । प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । नाक तथा घाँटीमा समस्या आउला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साउन महिनामा तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्नाले मिश्रित फल मिल्नेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । अनावस्यक खर्च बढ्न सक्नेछ । २१ गतेबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा तपाईंको राशिमै सूर्यले भ्रमण गर्नाले मनोकामना पूर्ण हुनेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । वाहन लाभ हुने समय आएको छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साउन महिनामा न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिनामा सन्तान सुख मिल्नेछ । परीक्षामा उत्तीर्ण हुन सकिनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । पुँजी बजारले पनि साथ दिनेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिनामा मिश्रित फल मिल्नेछ । कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । गरेको कार्यमा सफलता पाइनेछ । परीक्षा आदि प्रतिस्पर्धामा सफल हुन सकिनेछ । शेयर बजार तथा ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । सामाजिक तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ नै हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.