इकुटरको ७ लाखको इलेक्ट्रिक स्कूटर नेपालमा, यस्ता छन फिचर
काठमान्डौ। नेपालका लागी आधिकारीक बिक्रेता कम्पनी पायोनर वल्र्ड वाइड प्रा.लि. ले नेपालमा नयाँ इकुटर कम्पनीको इ फाइभ मोडल इलेक्ट्रिक स्कुटर भित्राएको छ ।
उक्त स्कुटर डबल ब्याट्री अब्सन रहेको छ भने ८ हजार वाट फिप्थ जेन सेन्टर मोटर सिस्टम यस स्कुटरमा रहेको बताइएको छ । यस्तै यस स्कुटरमा डुवल पारालाल ६४ भोल्ड ३५ एम्पियर लिथियम ब्याट्री सिस्टम रहेको छ । यस स्कुटरमा टु स्टेज ट्रान्समिसन सिस्टम रहेको छ भने ७ इन्च आइ पि यस एल सि डी कलर डिस्प्ले रहेको बताइएको छ ।

इ-फाइभ स्कुटरमा फोर जी सिम सर्पोट, भेइकल ट्राकिङ्ग, एन्टि थिप सिस्टम, जिपियस ट्राकिङ्ग विथ नोटिफिकेशन, यूनिक सटल नब, रियल टाइम टायर प्रेसर मनिटर, हाइ लोड स्टबिलिटी केज फ्रेम, आल्मुनियम फ्रोज्ड रियर सस्पेन्सन, ३५ लिटर अन्डर सिट स्टोरेज, १४ इन्च फन्ट र १३ इन्च रियर वाइड टायर, डुवल डिस्क ब्रेकिङ्ग, डुवल च्यानल ए बि यस र अटोमोटिभ ग्रेड पि के इ कि जस्ता सुबिधा उपलब्ध रहेका जनाइएको छ ।
यस्तै गरी इकुटरको इ-फाइभ मोडल इलेक्ट्रिक स्कुटरमा पिक पावर ८ हजार वाट रहेको छ भने पिक ट्रक १६५ एनयम रहेको छ । यस्तै टप स्पिड ८० प्रति घण्टा रहेको छ भने चार्जिङ्ग टाइम ३ घण्टा रहेको छ । साथै रेञ्ज १५० कि.मि रहेको बताइएको छ भने त्यस्तै अगाडिको टायर १४ इन्चको तथा पछाडी १३ इन्चको ट्युवलेस टायर रहेको कम्पनीले बताएको छ ।
इ-फाइभ स्कुटरमा ग्राउण्ड किलियरेन्स १७५ एमएम, अण्डर स्टोरेज सिट ३५ लिटर, लोडिङ्ग क्यपसिटी १५० केजी रहेको छ । यस्तै रेड, ब्लाक, व्लु, हवाइट र ग्रे गरि ५ वटा कलरमा उपलब्ध रहने कम्पनी बताएको छ ।
सम्बन्धित समाचार
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


