अमेरिका पुग्दा सुट-पाईन्टमा देखिएका प्रचण्ड दौरासुरुवालमा चीन ओर्लिए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङजाओ पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्ड उतैबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा गएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आज हाङजाओमा हुने १९औं एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने छन् । प्रचण्डले चीनिया राष्ट्रपति सी जिनपिङसँग आजनै भेटवार्ता गर्ने बताइएको छ ।
अमेरिकाबाटै मित्र राष्ट्र चीनको भ्रमणमा गएका प्रचण्डले लगाएको पोषाकको कारण चर्चामा आएका छन् । अमेरिका प्रस्थान हुनेक्रममा दौरासुरुवालमा रहेका प्रचण्ड अमेरिकामा ओर्लने क्रममा सुट पाईन्टमा देखिएका थिए ।
दौरासुरुवालमा अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री सुट–पाईन्टमा अमेरिका ओर्लिएपछि पहिचानको पक्षधर भएर पनि अमेरिका उत्रिदा नेपालीको पहिचान दौरासुरुवाल लगाउन हिचकिचाएको भन्दै उनको व्यापक आलोचना भएको थियो । त्यस्तै, आज चीनको हाङजाओमा प्रधानमन्त्री प्रचण्ड दौरासुरुवालमा देखिएका छन् ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

