बालेनको दाबी: अभियन्ताहरू संवादमा बोलाउँदा आएनन्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् ।
आफूलाई ‘ईः’ भनेर चिनाउन अभियन्ता इशान श्रेष्ठको अगुवाइमा राष्ट्रिय सभा गृहअगाडि गत मंगलबारदेखि आन्दोलन सुरु भएको हो । चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै उनले उभिएर विरोध गर्दै आइरहेका छन् ।
यति लामो समय विरोध प्रदर्शन गर्दा पनि मेयर बालेनले आफूहरूको आवाज नसुनेको अभियन्ताहरूले गुनासो गर्दै आएका छन् । तर, मेयर बालेन भने आफू संवादका लागि तयार भए पनि आन्दोलन राजनीतिक स्वार्थसँग जोडिएका कारण अभियन्ताहरू नै संवादमा नआएको बताएका छन् ।
मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् , ‘विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

