जहाज खरिदमा भ्रष्टाचारको ‘भ’ पनि जोडिँदैनः मन्त्री किराती
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल बायुसेवा निगम जहाज खरिदको अन्तिम चरणमा पुगेको बताएका छन् ।
आज (बुधबार) पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समुन्द्रसँग नजोडिएका देशहरुका लागि जहाज मेरुदण्ड भएको बताए । उनले जहाज खरिद एकदमै पारदर्शी र भ्रष्टाचाररहित हुने दाबी पनि गरे । जहाज खरिदमा भ्रष्टाचारको भ पनि नजोडिने उनको दाबी छ ।
‘हामी जाहज खरिद प्रक्रियामा अगाडि बढिसकेका छौं । जसले जाहाज खरिदको विषयलाई पनि नकारात्कम ढंगले टिप्पणी गरेर हाम्रो विरोध गर्नेछन् । हामी पारदर्शी ढंगले किन्नेछौं । त्यहाँ भ्रष्टाचारको भ जोडिने छैन । हामीले राष्ट्रिय हितका साथ काम गर्दा पनि विरोध र बाधा आउँछनु भने त्यो राष्ट्रघाती हुनेछ,’– उनले भने ।
उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ पर्यटन ऐन ल्याउन आवश्यक रहेको बताए । ०३५ सालको पर्यटन ऐनलाई बोकेर आजको स्थितिलाई धान्न नसकिने उनको भनाई छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

