काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन गत भदौ ३० गते अमेरिका उडेका प्रधानमन्त्री दाहाल असोज ५ गते उतैबाट चीन भ्रमणमा आएका थिए । चीनको एक साता लामो भ्रमण सकाएर प्रधानमन्त्री दाहाल आज (शनिबार) विहान सवा ११ बजे काठमाडौं ओर्लिएका हुन् ।