जलहरी प्रकरण : सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
काठमाडौं । पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीमा अनियमितता पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका ३ जना अधिकारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कोषका सदस्य सचिव डा.मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो । तत्कालिन सदस्य सचिव थापा हाल कोषको सदस्य सचिव छन् ।
सदस्यसचिव थापा, पूर्वसदस्य सचिव ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो दाबी गरिएको छ ।
पशुपतिमा चढाइएको सुनको जलहरी सम्बन्धमा अख्तियारले तौल नापजाँच गरेर अनुसन्धान गरेको थियो ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

