पीएस र खगराजबीच प्रतिष्ठाको लडाईंमा शंकर र विष्णुको इन्ट्री, गण्डकी अधिवेशन रोचक बन्ने आँकल
काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबारबाट सुरु भएको अधिवेशनले ५ पदाधिकारीसहित १३५ जनाको प्रदेश कमिटी निर्वाचित गर्नेछ । जसका लागि प्रदेशका ११ वटै जिल्लाबाट ९०७ जना प्रतिनिधि चयन भएका छन् ।
बिहान ८ बजेबाट मनोनयन प्रक्रिया सुरु भएसँगै नेतृत्वका आकाँक्षीहरुले मनोनयन दर्ता गराईरहेका छन् । एमाले गण्डकीको अध्यक्षमा हालका अध्यक्ष नवराज शर्मा र एमाले गण्डकी प्रदेशको संसदीय दलका पूर्व प्रमुख सचेतक मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समर्थन गरेका छन् भने, अधिकारीलाई पूर्व मुख्यमन्त्री खगराज अधिकारीको साथ रहेको छ ।
पीएस र खगराजबीच प्रतिष्ठाको लडाईं
एमाले गण्डकीमा पूर्व मुख्यमन्त्रीद्धय पृथ्वीसुब्बा गुरुङ र खगराज अघिकारीबीच गुटगत प्रतिस्पर्धा चलेको निकै लामो समय भइसकेको छ । एकले अर्कालाई स्वीकार नगर्ने रणनीतिका कारण अधिकारी र गुरुङ दुबैले आ-आफ्नै प्यानल खडा गरेर उम्मेदवारी दिने तयारी गरेका छ्न । गुरुङ एमालेका उपमहासचिव हुन् भने अधिकारी चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट स्थायी कमिटी सदस्यमा मनोनीत भएका थिए । पार्टी नेतृत्वसँग सीधै आलोचनात्मक बहस गर्ने क्षमता राख्ने गुरुङ पार्टी र कार्यकर्ताबीच लोकप्रिय मानिन्छन् भने अधिकारी पार्टी नेतृत्वलाई रिझाएर पदको लाभ प्राप्त गर्ने नेताको रुपमा चिनिन्छन ।
गण्डकीमा एमालेका दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य अधिकारी समूहबीच प्रतिस्पर्धा हुने भएको हो । गुरुङ समूहबाट हालका अध्यक्ष नवराज शर्माले अध्यक्ष, मीनप्रसाद गुरुङले उपाध्यक्ष, धनञ्जय दवाडीले सचिवको उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । त्यस्तै मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिकले गुरुङको समूहबाट उपसचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
स्थायी कमिटी सदस्य खगराज अधिकारी टिम मंगलबार बेलुका सार्वजनिक भएको थियो । उनको टिममा लमजुङका मायानाथ अधिकारी अध्यक्ष, नवलपुरका बाबुराम बिक उपाध्यक्ष, कास्कीका रश्मि आचार्य सचिवको उम्मेदवार बन्ने गरी टीम तयार भएको छ । सो टीममा म्याग्दीका सन्तोष रावल र कास्कीकी मिना गुरुङ उपसचिवको उम्मेदवार बन्ने तयारी छ ।
अधिकारीलाई महासचिव र शर्मालाई उपाध्यक्षको साथ
एमाले गण्डकीको अध्यक्षमा उम्मेदवारी दिन लागेका मायानाथ अधिकारीलाई महासचिव शंकर पोखरेलले साथ दिएका छन् । अधिकारीले आफ्नो प्यानलमा उपसचिवको उम्मेदवार रश्मि आचार्यलाई बनाएपछि पार्टी सचिव एवं लुम्बिनी इन्चार्ज पद्या अर्यालले पनि साथ दिएकी छन् । यद्यपि शर्माले आफ्नो प्यानलमै अर्यालकै गृहजिल्ला स्याङ्जाकै मीनबहादुर गुरुङलाई उम्मेदवार बनाएपछि उनी जिल्लामै कमजोर बनेको चर्चा चलेको छ ।
उता नवराज शर्मालाई भने उपाध्यक्ष विष्णु पौडेलले समर्थन गरेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको निकट मानिने महासचिव पोखरेल उपाध्यक्ष पौडेलले अघोषित रुपमा गुट चलाईरहेका छन् । अन्य प्रदेश र केन्द्रमा पौडेल र पोखरेलबीच गुटगत राजनीति चलेपनि गण्डकीमा भने उपमहासचिव गुरुङ र पूर्व मुख्यमन्त्री अधिकारीको बीचमा प्रतिष्ठाको राजनीति चलिरहेको समयमा महासचिव र उपाध्यक्षको इन्ट्रिले प्रदेशको अधिवेशन थप रोचक बन्ने आकँलन गरिएको छ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

