• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ बैशाख २०८३, सोमबार
२८ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ११ घण्टा 

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर
  • १३ घण्टा 

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
  • १३ घण्टा 

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने
  • १४ घण्टा 

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • १५ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • १५ घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • १६ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • २. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ३. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ४. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • ५. एसईईको नतिजा आजै सार्वजनिक हुने

  • ६. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ९. २०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरेहित फुर्सदिला

जानकारी केन्द्र २०८०, आश्विन, २६

म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुुने मुुस्ताङको बारागुुङ मुुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरेहित श्याम रिजाल यसपालि फुर्सदिला हुुनुहुुन्छ । “पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुुको पातलो उपस्थिति छ”, उहाँले भन्नुुभयो, “भक्तजन कम हुुँदा हामीहरुलाई पनि कामको चाप छैन ।”

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ । कागबेनीमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्न आउने भक्तजनको सङ्ख्यामा यसपालि कमी आएको मुुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुुवेदीले बताउनुुभयो ।

“ यसपालि यहाँ आउने नेपाली भक्तजन र तीर्थयात्री अहिलेसम्मकै कम छन्”, उहाँले भन्नुुभयो, “औसी तिथिमा अन्य दिनमा भन्दा भक्तजन बढी आउलान तर समग्रमा कमी भएको छ ।” सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरु भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीका दिनसम्म चल्ने गर्दछ ।

सोह्र श्राद्धको सुुरुमै बेनी–जोमसोम सडकमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा गलत सन्देश प्रवाह हुुुनु, बाढीले कागबेनीमा भौतिक संरचनामा क्षति पुु¥याउनुु र आर्थिक क्षेत्रमा देखिएको समस्याको असर भक्तजन आगमनमा परेको स्थानीयवासीको भनाइ छ । सोह्र श्राद्धमा भक्तजन र तीर्थयात्रीले भरिभराउ हुुने होटल र धर्मशाला यसपालि सुुनसान रहेका जोमसोमका होटल व्यवसायी बमप्रसाद गौचनले बताउनुुभयो । “पहिले तीर्थयात्री धेरै आउँदा होटलमा बास नपाएर डाइनिङ हलमा सुत्ने गर्दथे”, उहाँले भन्नुुभयो, “यसपालि भएका कोठा पनि रित्ता भए ।”

भक्तजन आगमनमा भएको कमीले म्याग्दी र मुुस्ताङको होटल, यातायात व्यवसायीदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ । गत साउनको २८ गते कागखोलामा आएको बाढीले कागबेनीको बस्ती र भौतिक संरचनामा क्षति पुुगेको थियो । बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहनुुभएका कागबेनी बस्ती पुुनःस्थापना तथा संरक्षण समितिका संयोजक धारा गुुरुङले डोजरले बाढी पन्छाएर अस्थायी श्राद्धस्थल बनाएको जानकारी दिनुुभयो । “अस्थायीरुपमा श्राद्ध गर्ने ठाउँ बनाएका छौँ, पिण्डदान गर्न कुुनै समस्या छैन”, उहाँले भन्नुुभयो, “हिजोआज बेनी–जोमसोम सडकको अवस्था पनि सहज छ । मुुस्ताङ भ्रमणमा कुुनै समस्या छैन ।”

मुुक्तिनाथका होटल व्यवसायी रोशन थकालीले सोह्र श्राद्धमा भक्तजन कम भए पनि घटस्थापनापछि स्कुुल कलेज र कार्यालय बिदा भई मुुस्ताङ घुम्न आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरेको बताउनुुभयो । हालै गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सरस्वती अर्याल र कृषि सहकारी तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले मुुस्ताङ भ्रमण गर्नुभएको थियो ।

पर्यटन प्रवद्र्धनका लागि घरपझोङ गाउँपालिकाले गत हप्ता जोमसोममा कृषि पर्यटन महोत्सवसमेत आयोजना गरेको थियो । वर्षा रोकिएको, आकाश खुुलेको र चिसो सुुरु हुुन लागेको शरदयाम भ्रमण र घुमघामका लागि उपयुुक्त मानिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.