यू-१९ एसिया कप खेल्ने नेपाली टिम भोलि यूएई प्रस्थान गर्ने
काठमाडौं । मंसिर २२ गतेदेखि यूएईमा हुने एसीसी यू-१९ एसिया कपमा सहभागी हुने नेपाली टिम बुधबार यूएई प्रस्थान गर्ने भएको छ ।
मंगलबार नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरेर बिदाइ गर्ने र टोली भोलि यूएई प्रस्थान गर्ने क्यानले जनाएको छ । यूएईमा यू-१९ एसिया कप मंसिर २२ गतेबाट सुरु भएर पुस गते सम्पन्न हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले क्रिकेटमा महारथी राष्ट्रत्रय भारत, पाकिस्तान र अफगानस्तानसँग भिड्दैछ ।
एसियाली क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ अर्थात मंसिर २२ गते अफगानस्थानसँग खेल्नेछ।
त्यस्तै मंसिर २४ गते पाकिस्तानसँग भिड्ने नेपाली टिमले २६ मंसिरमा भारतको सामना गर्नेछ । मंसिर २९ (डिसेम्बर १५) सेमिफाइनलका दुबै खेल हुनेछन् । समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नुपर्ने हुन्छ । फाइनल खेल पुष १ मा हुनेछ ।
नेपालले खेल्ने सबै खेलहरु नेपाली समयअनुसार बिहान ११:१५ बाट सुरु हुने एसीसीले जनाएको छ । नेपाल सबै खेल आइसिसी एकेडेमी ओभल २ मा खेल हुनेछन् ।
नेपालको यू-१९ एसिया कप २०२३ खेल्ने टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

