एमालेको ‘समृद्धिको लागि संकल्प यात्रा’ आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दै
काठमाडौं । १२ दिदेखि जारी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोली आज रामेछाप पुग्दैछ ।
यात्राको १२ औं दिन आज धुलिखेलबाट प्रस्थान गर्ने यात्रा टोली रामेछापमा नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान मन्थलीमा बास बस्ने छ।
धुलिखेलबाट आजको यात्रा सिधै दोलखातर्फ जाने तयारी छ। दोलखा जाने क्रममा अध्यक्ष केपी शर्मा ओलीले दोलालघाट, खाडीचौर, खरीढुंगा, चरिकोट, किर्ने लगायतका ठाउँहरुमा स्थानीयबासिन्दाहरुसँग भेटघाट र अन्तरक्रिया गर्नेछन्।
आज बिहानको खाना चरिकोटमा हुनेछ। चरिकोटबाट फर्कदा पुष्पलालको जिल्ला रामेछापको मन्थली आउने कार्यक्रम छ। रामेछापमा अध्यक्ष ओली सहितका नेताहरुले संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धान्जली व्यक्ति गर्नेछन्।
नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ। सोही अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो।
यात्राका क्रममा पुराना कम्यूनिष्ट नेताहरुलाई ठाउँठाउँमा सम्मान पनि गरिएको छ। मध्यपहाडको समृद्धि र विकासका लागि स्थानीयबासीहरुसँग अन्तरक्रिया गरिने यस कार्यक्रम मार्फत पहाडी क्षेत्रको तिव्र बसाँइसराई रोक्न नयाँ नीति ल्याउने एमालेको तयारी छ।
एमालेले मंसिर १४ गतेबाट यो यात्राको प्रारम्भ गरेको हो । बैतडीको झुलाघाट गोठालापानीबाट सुरु भएको संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुने र काठमाडौंमा पुस ४ गते औपचारिक सभा गरेर यात्रा टुंग्याउने एमालेको तयारी छ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

