काठमाडौं । अस्ट्रेलियन बलर नथन लायनले टेस्ट क्रिकेटमा ५ सय विकेट पूरा गरेका छन् । टेस्ट क्रिकेटमा ५ सय विकेट लिने लायन आठौँ खेलाडी बनेका छन् । यसअघि ८ खेलाडीले ५ सयभन्दा धेरै विकेट लिएका छन् ।
श्रीलंकाका पूर्व क्रिकेटर मुथैया मुरलिथरनले ८ सय विकेट, अस्ट्रेलियाकै शेन वार्नले ७ सय ८ विकेट, इंग्ल्यान्डका जेम्स एन्डरसनले ६ सय ९० विकेट, भारतका अनिल कुम्बलेले ६ सय १९ विकेट, इंग्ल्यान्डका स्टुआर्ट ब्रोडले ६ सय ४ विकेट, अस्ट्रेलियाकै ग्लेन म्याकग्राथले ५ सय ६३ तथा वेस्ट इन्डिजका कर्टनी वाल्सले ५ सय १९ विकेट लिएका छन् ।
लायनले भने ५ सय विकेट पूरा गर्दा अस्ट्रेलियाले पाकिस्तानविरुद्ध पहिलो टेस्ट क्रिकेटमा ५ विकेटको जित हात पारेको छ । उनले पहिलो इनिङ्समा ३ तथा दोस्रो इनिङ्समा २ विकेट लिएका थिए । अस्ट्रेलियाले पाकिस्तानलाई पहिलो टेस्टमा ३ सय ६० रनले पराजित गरेको छ । ३६ वर्षीय लायनले १ सय २३ टेस्ट खेलमा ५ सय विकेट पूरा गरेका हुन् ।





