पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको काम द्रुतगतिमा अगाडि बढाउन पर्यटनमन्त्री किरातीको निर्देशन
काठमाडौं । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् ।
विश्व विद्यालय स्थापनका लागि डा।जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेको मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन्।
गत चैत्रमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालयस्तरबाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन् ।
समितिका सदस्यले हाल अध्ययन,अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा।घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषद्बाट हुने नितिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए ।
विश्व विद्यालयले खासगरी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने गरी प्रारम्भिक रूपरेखा बनाएको उनले बताए । यस विश्व विद्यालयमा नेपालका सबै धर्म शास्त्रहरूको अध्ययन अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए ।
यस विश्व विद्यालयमा कम कक्षा र बढी अनुसन्धान गराइने प्रारूप तयार गरिएको अर्का सदस्य डा।प्रेमबहादुर खत्रीले बताए । नेपालमुखि अनुसन्धान, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रूपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीले बताए ।
विश्व विद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्व विद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पुरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका अर्का सदस्य कमल ढकालले बताए । यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरूको गौरवको विषय भएकोले कुनै प्रकारको ढिलासुस्ती नगर्न क्षेत्र विकास कोषलाई मन्त्री किरातीले निर्देशन दिए ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

