हामी अहिले पनि क्रान्तिमै छौंः प्रधानमन्त्री प्रचण्ड
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु अहिले पनि क्रान्तिमै रहेको बताएका छन् । आज (बिहीबार) रामेछापको बेथान पानीघाटमा आयोजित २७औं बेथान वीरता दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले क्रान्ति अझै नसकिएको र स्वरुपमात्रै परिवर्तन भएको बताएका हुन् ।
‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ । हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं,’– प्रधानमन्त्री प्रचण्डले भने ।
तत्कालीन जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह भएको उनको दाबी छ । त्यतिबेला आफूहरुसँग ठूलो शक्ति नभएपनि महान् विचार र ऐतिहासिक लक्ष्यका कारण परिवर्तन सम्भव भएको उनले बताए । जनयुद्धका कारण नेपाली क्रान्तिले गुणात्मक उचाइ प्राप्त गरेको उनको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डले बेथानका सहिदहरु तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारलाई सम्मान गरेका छन् । साथै, सहिद स्मारकको उद्घाटनसमेत गरिएको छ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

