शीतल निवासको ‘माघी भोज’ केपी ओलीले गरे बहिष्कार !
काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको दिवा भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
राष्ट्रपति पौडेलले माघे संक्रान्तिको अवसरमा सोमवार संसदीय दलका सबै नेताहरुलाई आमन्त्रण गरेका थिए । शीतल निवासले आयोजना गरेको माघी भोज खान प्रधानमन्त्री पसष्पकमल दाहाल प्रचण्डसहित पूर्व प्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र माधवकुमार नेपाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश शीर्ष नेता पुगेपनि ओली भने नगएका हुन् ।
ओलीलाई निमन्त्रण गरिए पनि पूर्वनिर्धारित अर्को कार्यक्रममा जानु परेकोले उपस्थित हुन नसकेको एमाले स्रोतले जनाएको छ । यसअघि भदौ ५ गते राष्ट्रपतिले आयोजना गरेको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।
यसअघि शुक्रबार शीतल निवासमा प्रमुख तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिले छलफल गरेका थिए । त्यसक्रममा भने ओली उपस्थित भएका थिए ।
यता राष्ट्रपति पौडेलले पनि ओलीलाई शीतल निवासमा नदेखेपनि केहि समय सोधिखोजी गरेका थिए । ‘सबै पार्टी अध्यक्ष र नेताहरूलाई बोलाएको छु, प्रधानमन्त्री आएर शुभकामना दिएर अर्घखाँची जानुभो । ओलीजी पनि म आउँछु सकेसम्म म म्यानेज गर्छु भन्नुहुन्थ्यो । उहाँको मिल्यो कि मिलेन थाहा छैन ।’उनले भनेका थिए ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

