• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ६ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ७ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ७ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • ७ घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ९ घण्टा 

२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम
  • ९ घण्टा 

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा
  • १० घण्टा 

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
  • ११ घण्टा 

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

बालेनको व्यंग्य: एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार !

जानकारी केन्द्र २०८०, माघ, १

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले मेलम्चि उद्घाटनबारे व्यंग्य गर्दै एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार भन्दै प्रश्न गरेका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची पाँचौपल्ट उद्घाटन गरेका थिए ।

उनले अहिलेसम्म एउटै आयोजनाको पाँच पटक उद्घाटन गरेको भन्दै तिथिमिति समेत राखेका छन् । प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्ट लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’

बालेनको स्टाटस उनकै शब्दमा

हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।

मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस्

१. २०७७ फागुन- तत्कालिन प्रम केपी ओली
२. २०७७ चैत्र – तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी
३. २०७९ वैशाख – तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी
४. २०७९ मंसिर- तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी
५. आज २०८० माघ १- प्रम पुष्पकमल दाहाल

अर्थात्, विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो। मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि. स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको दुई बर्ष पछि २०५७ सालमा आयोजनाको विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो । तर सुरूङ खन्न शुरू गर्न पनि ११ बर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ खन्न थालियो । त्यो ११ बर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरु नै फेरिएका थिए । मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तीको सूचि त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर काठमाडौँमा पहिलो पटक पानी झर्न त्यसको ९ बर्षपछि मात्रै सम्भव भयो ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले २०७७ फागुनमा मेलम्चीको पानी काठमाडौ झार्ने किर्तिमानका लागि उदघाटन त गरियो तर किर्तिमानकै लागि प्राविधिक पक्षलाई जोखिममा राखियो । जसको असर सोही बर्षमा नै देखियो । बाढीको लेदो पसेर तथा बाढीले लगायतका संरचनाहरु ध्वस्त पारेपछि मेलम्ची बन्द भयो । किर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउँने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौँ लगानीमात्र जोखिमपुर्ण बनाइएन, काठमाडौँबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो । र, देशव्यापीरूपमा नेपालमा केहि हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल गर्यो । अनि सँगसँगै, व्यक्तिगत किर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उदघाटन गर्ने कुप्रथाको सुरूवात भयो । त्यसकै सिलसिलाको नयाँ संस्करणको उदघाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो ।

बिडम्बना! अहिले पनि प्राबिधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौँ समय र अर्बौको लागत लाग्न सक्छ । बर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरु निर्माण भइसकेका नै छैनन् । यसैले बर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राइ सिधै पानी सुरूङमा लैजादा त्यसमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केहि समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ । यसका लागि नयाँ खोलाको माथितिर राम्ररी गरेर सार्न आवश्यक छ । त्यस्तै, लेदो थिगार्ने संरचना सुरूङ भित्रै बनाउन उचित हुन्छ ।

प्राविधिक जोखिमको आकलन र समाधान नगरि उचित प्राविधिक अध्ययनबिना राजनैतिककै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो । राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनस् समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिकलाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।

हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस् धन्यवाद , हाम्रो मन साच्चै नै जित्नु भयो भनेर ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

ताजा

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.