कुशल र विवेकले ३-३ विकेट लिएपछि कर्णालीविरुद्ध आर्मीको सहज जित, रोचक बन्दै शीर्ष २ को प्रतिस्पर्धा
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले पाँचौ जित निकालेको छ । पाँचौ जित निकाल्नेक्रममा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पाखा लगाएको हो ।
आर्मीले दिएको २८० रनको विशाल लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा ११५ रनमा अलआउट भयो । कर्णालीका लागि कप्तान रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२ तथा हिमांशु शाहीले १९ रन जोडे । दिनेश अधिकारीले ९ रन थपेको खेलमा दिवान पुनले १८ रन थपे ।
कर्णालीलाई सस्तैमा रोक्नेक्रममा आर्मीका विवेक यादव र कुशल मल्लले समान तीन विकेट लिए । ७ ओभरमा १ मेडनसहित कुशलले २० रन खर्चिँदा ६ ओभर बलिङ गरेका विवेकले २ मेडन राख्दै २५ रन दिए । त्यस्तै सोमपाल कामीको नाममा २ विकेट रहँदा १ विकेट साहव आलमको नाममा रह्यो ।
लगातार पाँचौ जित निकालेको आर्मी १० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आर्मी तेस्रो स्थानमा रहँदा सबै खेल खेलिसकेको बागमती प्रदेश १२ अंकसहित दोस्रो तथा हालसम्म अपराजित रहेको पुलिस १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । मधेश प्रदेश चौथो स्थानमा रहेको छ । आज मधेशले लुम्बिनी प्रदेशसँग खेलिरहेको छ । लुम्बिनीलाई हराएको खण्डमा मधेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिनेछ ।
पहिलो पटक डबल राण्ड रोविनमा खेलाइएको खेलमा शीर्ष स्थानमा रहने २ टिमले फाइनल खेल्नेछ ।
यसअघि कीर्तिपूरस्थित त्रिवि मैदाननमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७९ रन जोडेको थियो । कप्तान विनोद भण्डारीको शतकको मद्दतमा विभागीय टिम त्रिभुवन आर्मीले २८० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
आर्मीका लागि शतक हिकार्एएका भण्डारीले १३२ बलमा ६ चौका र ३ छक्का हिकाए। विनोदको प्रधानमन्त्री कपको यस संस्करणमा यो दोस्रो शतक हो । यसअघि उनले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए ।
विनोदका अतिरिक्त वसिर अहम्दले शानदार ब्याटिङ गरे ।९२ बलको सामना गरेका उनले १२ चौका र १ छक्का हिर्काउँदै ९८ रन जोडे । उनी करिअरकै पहिलो शतक प्रहार गर्नबाट २ रनले चुके । त्यस्तै भीम सार्कीले २५ र कुशल मल्लले २१ रन थपेका थिए ।
बलिङतर्फ कर्णालीका दीपेन्द्र रावतले २ तथा दिवान पुन, दिनेश अधिकारी र प्रकाश जैसीले समान १ विकेट लिएका थिए।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

