• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ६ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ७ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ७ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • ७ घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ९ घण्टा 

२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम
  • ९ घण्टा 

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा
  • १० घण्टा 

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
  • ११ घण्टा 

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

रविन्द्रलाई पार्टीबाट गल्हत्याउने लिङ्देनको तयारी

जानकारी केन्द्र २०८०, माघ, १८

काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दुराज्य कायम गर्न वृहत आन्दोलन थाल्ने तयारीमा रहेको पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) पछिल्ला दिनमा आन्तरिक कारणले आन्दोलनको एजेण्डालाई नै माथ खुवाउनेगरी आन्तरिक विवादमा फसेको छ ।

संघीयता र धर्मनिरपक्षताको सबैभन्दा उचो स्वरमा विरोध गर्ने राप्रपा त्यही संघीयतालाई अङ्गिकार गर्ने प्रदेश सभाको नेतृत्वमा पुगेपछि विवाद थप बल्झिएको हो । कोशी प्रदेशको सभामुख पार्टीले लिने कि नलिने भन्नेबारेमा सुरु भएको पार्टी विवाद सभामुख चयनका एक महिना पुग्न लाग्दा साम्य हुनुको साटो झनै चर्किँदै गएको छ ।

लामो समयदेखि रिक्त रहेको कोशी प्रदेशको सभामुख फ्रि मा पाएपछि राप्रपाले प्रदेश सांसद अम्बरबहादुर विष्टलाई पठाउने निर्णय गरेको थियो । केन्द्रको निर्णय पुग्नासाथ सांसद विष्टले सभामुखमा उम्मेदवारी दर्ता गराए । यता उनको उम्मेदवारी दर्ता हुँदा–नहुँदै केन्द्रीय निर्देशन समितिको हवाला दिँदै नेता डा.प्रकाशचन्द्र लोहनीले सभामुखबाट फिर्ता हुन निर्देशन दिएका थिए ।

केन्द्रीय निर्देशन समितिको निर्देशनलाई अवज्ञा गर्दै राप्रपाले कोशीको सभामुख खाएपछि सुरु भएको विवाद घट्नुको साटो बढ्दै गएको छ । विवाद बढ्दै जाँदा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध दोस्रो तहका नेताहरु एकत्रित हुँदै गएका छन् ।

राप्रपामा लिङ्देनलाई अध्यक्ष बनाउन भूमिका खेलेका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद डा.धवल शमसेर राण हाल उनीविरुद्ध संगठित बनेका छन् ।

आफूविरुद्ध मोर्चाबन्दी सुरु भएको भेउ पाएका लिङ्देन पनि पछिल्लो समय नेताहरुप्रति खरोरुपमा कटाक्षामा उत्रिएका छन् । लिङ्देन र वरिष्ठ उपाध्यक्ष मिश्रबीचको विवाद छाताछुल्ल भएको छ ।

केहि दिनअघि एक अन्तर्वार्तामा लिङ्देनले मिश्रले राप्रपा बुझ्नै बाँकी रहेको अभिव्यक्ति दिएपछि विवाद झनै सहतमा आएको थियो । ‘रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझेको छ भनेको रु उहाँ हिजोअस्ती आउनुभएको। उहाँले राप्रपा के बुझ्नु भएको छ रु’ लिङ्देनको भनाइ थियो, ‘उहाँले राप्रपा बुझ्नै बाँकी छ। भर्खर आउनुभएको छ। एक, डेढ वर्ष हुँदैछ। उहाँले सरकारमा जानु ठिक थियो कि थिएन, प्रदेश सभामा सभामुखमा जानु ठिक थियो कि थिएन, उहाँलाई लागेको कुरा भन्नुभयो।’

अध्यक्ष लिङदेनको उक्त टिप्पणीबारे मिश्रले पनि राम्रै जवाफ फर्काएका थिए । केहि दिनअघि काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले लिङ्देनको प्रश्नको जवाफ फर्काएका थिए । ‘अनुभवले दिने परिपक्कता भनेको अनुभवले नै दिन्छ, सैद्धान्तिक ज्ञानले मात्र दिँदैन’ काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै मिश्रले भनेका थिए, ‘राप्रपामा ३० वर्ष काम गरेका वरिष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरूले म १५ महिना राप्रपामा जोडिएको मान्छेलाई उहाँ नयाँ हुनुहुन्छ, उहाँलाई राप्रपा राम्रोसँग थाहा छैन भन्नु त्यो अत्यन्त स्वभाविक हो ।’

मिश्रको उक्त टिप्पणीप्रति नेताहरु प्रकाशचन्द्र लोहनी, डा. धवल शमसेर लगायतले मौन समर्थन गरेका छन् । भने लिङदेन पक्षका नेताहरु तारान्तार उनीविरुद्ध खनिँदै आएका छन् । पुनः विवादलाई बल पुर्याएनेगरी लिङ्देनले केहि दिनअघि मिश्रलक्षित गरेको अर्को टिप्पणी यतिबेला सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

अध्यक्ष लिङ्देनले वरिष्ठ उपाध्यक्ष मिश्रको नाम नलिईकन बसको पछाडि बसेको व्यक्तिले आफूलाई चालक सम्झेर खास चालकलाई गाडी चलाउन सिकाएको भनी कटाक्ष गरेका छन्। ‘अनुभव छन् भने त्यसरी होइन है, यसरी चलाउनुपर्छ भन्ने छ भने त्यो पनि सुन्छु’, उनले भनेका छन्, ‘तर जो पछाडि बसेको छ, आफूलाई ड्राइभर भन्छ, तर गाडीचाहिँ जीवनभरि ठोक्काएर थाङ्थिलो पारेको मान्छेले भनेको अनुसार त म कुदाउँदिनँ। जसले जीवनमा एकचोटि पनि एउटा स्ट्यान्डबाट अर्को स्ट्यान्डसम्म राम्रोसँग गाडी पुर्‍याकोे छैन, भन्नचाहिँ आफूलाई सधैँभरि आफूलाई ड्राइभर हुँ भन्छ, त्यस्तो ड्राइभरको कुरा राजेन्द्रले मानोस् त तपाईंहरू आफैँ भन्नूस् ल रु प्रमाणित छ, म त्यस्तो मान्दिनँ। मान्दिनँ, तपाईंहरू ढुक्कसँगले रहनूस्।’

रवीन्द्र मिश्रलक्षित लिङ्देनको अर्को कटाक्षः जो पछाडि बसेको छ,ऊ आफूलाई ड्राइभर भन्छ !

लिङदेनले तीन दिनअघि मात्र पार्टीकी नेतृसमेत रहेकी कलाकार रेखा थापाविरुद्ध गरेको टिप्पणीले पनि निक्कै चर्चा पाएको थियो । रेखा सन्तान जन्माउन हाल अमेरिका पुगेकी छन् । उनी अमेरिका गएको विषयमा लिङ्देनले गरेको टिप्पणी यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

लिङ्देनले गत शनिबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा रेखाप्रति घुमाउरो टिप्पणी गर्दै देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।

उनले फेसबुकमा लिङ्देनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो रु अमेरिकामा किन राखेको ?’

राप्रपा निकट स्रोतका अनुसार अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । उनी उच्च शिक्षा अध्ययनका लागि एक वर्षअघि गएको निकट स्रोतले जनाएको छ ।

रेखा गएको राप्रपाको केन्द्र्रीय महाधिवेशनमा अध्यक्ष लिङदेनको प्यालनबाट महामन्त्रीमा उठेकी थिईन् । तर, उनी कुन्ती शाहीसँग पराजित भइन् । हाल गर्भवती रहेकी रेखा बच्चा जन्माउनकै लागि भनेर एक महिनाअघि देखिनै अमेरिका रहेकी छन् ।

टुट,फूट र जुटबाट गुज्रिदै आएको राप्रपामा पछिल्लो समय नेताहरुबीचको दन्तभजनले कार्यकर्तामा अन्यौलता सिर्जना भएको छ । पार्टीको निती, विधि र सिद्धान्तनै भुलेर नेतृत्व तहमा रहेका नेताहरु एकएकालाई खुइल्याउन लागेको भन्दै कार्यकर्तामा व्यापक असन्तुष्टि सिर्जना भईरहेको छ ।

आम निर्वाचनमा अप्रत्याशीत नतिजा निकाल्दै संसद्को पाँचौ ठूलो दल बनेको राप्रपा आन्तरिक किचलोका कारण फेरि थलिएपछि अहिलेको जनमत आगामी निर्वाचनमा जोगाउन सक्नेमा प्रश्नचिन्ह उब्जिएको छ । स्रोतका अनुसार लिङ्देनले पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामिप्यता बढाएका छन् । पूर्वराजालाई विश्वासमा लिएर मिश्रलाई बाइपास गर्ने तयारीमा लिङ्देन रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

ताजा

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.