माधव नेपालको गृहजिल्लामा केपी ओलीलाई १०१ किलोको माला
जानकारी केन्द्र
२०८०, माघ, २५
काठमाडौं । जिल्ला अधिवेशन उद्घाटनका लागि रौतहट पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटवासीले भव्य स्वागत गरेका छन् ।
बिहीबार रौतहट एमालेको जिल्ला अधिवेशना उद्घाटनका लागि पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका अोलीलाई कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।
रौतहट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला हो । नेकपा एस एमालेबाट टुक्रिएर बनेको नयाँ पार्टी हो । पार्टी विभाजनपछि ओली पहिलो पटक नेपालको गृहजिल्ला पुगेका हुन् । नेपालको गृहजिल्ला भएको कारण तुलनात्मक रुपमा मधेशका अन्य जिल्लामा भन्दा रौतहटमा एमालेको मतभार कमजोर रहकेो छ ।
गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ। एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ। जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

