• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Dongfeng Motor has launched Munich design center in European markets
  • ६ घण्टा 

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • ६ घण्टा 

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
  • ८ घण्टा 

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ८ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ९ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • १० घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • १० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • २. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

  • ३. Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

  • ४. Mobilemandu is Opening it’s First Outlet in Kathmandu and Entering the Offline Market

  • ५. सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

  • ६. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ७. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • ८. नेप्सेमा २५.८१ अंकको गिरावट

  • ९. साउथ एसिया ट्रेड फेयर २०२६ : क्षेत्रीय व्यापार विस्तार र लगानीका नयाँ अवसरहरू

  • १०. कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, सर्वसाधारणका लागि कति ?

मन्दिरै मन्दिरको गाउँ पिठातोला

जानकारी केन्द्र २०८०, फाल्गुन, ३

कालुखेती (बझाङ) । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।

खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ । मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ । आफैँमा पूर्ण लाग्छ । जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले “कान्छी गाउँ”को उपमा दिन्छन् । कान्छी गाउँमा पाँचवटा माडौँ छन् ।

मष्टामाडौँ (ठूली पाँण)

मष्टामाडौँ (ठूली पाँण) पिठातोलावासीका कुलदेउता हो । यो मन्दिरमा जुन समयमा पनि पूजाआजा हुने गर्छ । परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ–आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको दुई पटक मन्दिरमै पुजिन्छ, हिउँद र वर्षायाममा ।

खासगरी नमाकी (नयाँ बालीको पूजाआजा) गरिने बेला कुलदेउता (मष्टामाडौँ)को पूजा गरिने स्थानीयवासी कुलप्रसाद जोशी बताउँछन् । नयाँ बाली भित्र्याएपछि त्यसको पूजा गरेर मात्रै अन्न चलनअनुसार कुलदेउता पूजा गरिने उनको भनाइ छ ।

उनका अनुसार वर्षको दुई पटक मात्रै बाली उत्पादन हुने पिठातोलामा हिउँदे खेती वैशाखमा पाक्ने गर्छ । त्यो बाली भित्र्याएसँगै जेठ–असार वा साउनमा पूजा गरिन्छ भने वर्षायामको बाली धान र कोदो असोजमा भित्र्याइन्छ । यसको नमाकी फागुन–चैतमा पूजाआजा गरिन्छ र अन्न खान सुरु गरिन्छ ।

पिठातोलाको कुलदेउता ‘मष्टो’ सुरुमा बझाङकै साविकको कँडेल गाविसमा पर्ने बान्नीगढीतिर पूजाआजा गरिन्थ्यो । स्थानीयबासी भानुभक्त जोशीले भने, “एक पटक पिठातोलाका पुर्खा (बाजे) वर्षायाममा साउनको महिना पुजपोखल (पूजा सामग्री) लिएर बान्नीगढी (मष्टामाडौँ भएको ठाउँतिर) जाने क्रममा खोला तर्ने बेलामा बग्नुभएछ ।”

त्यस्तै बेलामा बान्नीगढीमा चल्दै गरेका देउता रोकिए । उनले भने, “वरिपरि बसेका श्रद्धालुले “के भयो परमेश्वर ?’ भनेर प्रश्न गरेछन् । त्यसपछि धामीले जवाफ दिनुभएछ, “खुलीसाँटो पारीको टँगालो आयो, त्यसैलाई तराउन गयाँ (टाढाबाट पूजा गर्न आएको मान्छे खोलामा बग्यो, त्यसैलाई बचाउन गएको थिए) । रोकिएका धामीको हातखुट्टाबाट पानी बगेछ र धामीले भनेछन् एकै छिनमा टँगालो पुग्छ ।” यो कथन अहिले पनि पिठातोलामा चर्चित छ । जोशीका अनुसार झाँक्रीले नभन्दै पिठातोलाका बाजे मन्दिर पुगे । मन्दिरमा एकैछिनमा झाँक्री र उनको वार्ता भयो । झाँक्रीले सोधे, “ए टँगालो आइपुगिस् ?”उहाँले जवाफ दिनुभएछ, “हजुर परमेश्वर आइपुगेँ ।” अब “आज उप्रान्त तैँले उतै मष्टालाई पुजेर खानु” भन्दै झाँक्रीले सिला “ढुङ्गा” दिनुभएछ । घर आउनुभएछ । त्यसपछि पिठातोलामा पनि मष्टो पुज्ने गरेको जोशीले बताए ।

खापरमाडौँ (मोटाकाटियाँ)

मोटाकाटियाँ मन्दिरमा परापूर्वकालदेखि पूजाआजा हुँदै आएको छ । स्थानीय बासिन्दाले आफ्नो सम्पत्ति वृद्धि हुने तथा सोचेका सबै कुरा पूरा हुने धार्मिक विश्वासले यो मन्दिरमा पूजा गर्दै आएका छन् । पूजा नगरेको वर्ष बालीनाली पनि घट्ने गरेको स्थानीय बताउँछन् । जहाँ पूजा गर्दा खापर देउतालाई खुसी पार्न बाख्राका पाठापाठी बली चढाउने परम्परा छ ।

हरेक वर्ष भदौ–असोज र फागुन–चैतमा पुजिने खापरमाडौँमा पिठातोलावासीमात्र होइन, छिमेकी गाउँबाट पनि शनिबार र मङ्गलबारको साइत जुराएर पूजाआजा गर्ने गरेको स्थानीय नारायण जोशी बताउँछन् । उनी भन्छन्, “यो मन्दिरमा सामूहिक पूजा गरिन्छ । गाउँघरमा सबैले पूजा सामग्री जुटाएर खापरमाडौँ पुज्दै आएको किंम्वदन्ती पनि रही आएको छ ।”

खापरमाडौँमा आकासे पानीका लागि पनि जाग्राम बस्ने चलन छ । खडेरी परेका बेला ‘पानी परोस्’ भन्दै खापरमाडौँको आँगनमा स्थानीयबासी रातभर जाग्राम बस्छन् । चार‑पाँच दिन राति जाग्राम बसेपछि पानी पर्ने गरेको उनी बताउँछन् । “खापरमाडौँमा गाईभैँसी तथा अन्य सम्पत्ति बढ्दै जाउन भन्नका लागि धवन ढोल्ने (गाई वा भैँसीको दूध खानुअगावै देउतालाई चढाउनु) गर्छन् । जसले गर्दा पशुलाई रोग लाग्दैन, बढ्दै जान्छ भन्ने जनविश्वास छ ।” नारायणले भने ।

लाङ्गोमाडौँ (पिठातोली)

परापूर्वकालदेखि पुजिँदै आएको ‘लाङ्गो’ देउता चीन हुँदै भोट मानसरोवरबाट ल्याइएको हो । लाङ्गामाडौँ वर्षको दुई पटक भदौ र चैतको शुक्लपक्ष तिथिमा पुज्ने गरिन्छ । प्रायः मङ्गलबार र शनिबार पारेर पुजिने मन्दिर करिब तीन सय वर्षअघि भोटबाट ल्याइएको स्थानीयको बुझाइ छ ।

बाह्रौँ शताब्दीतिर पिठातोलाका जोशीहरू बझाङकै भातेखोला हुँदै पिठातोलामा बसाइँ सरेर आएपछि त्यो ठाउँमा विभिन्न देउताको पूजाआजा गरिँदै आएको किंम्वदन्ती छ । करिब ‘तीन सय वर्ष’ पहिले ‘लाङ्गो’ देउता ‘खोलाबाडा’ टोलका जोशी परिवारकी हजुरआमा भोट भन्ने ठाउँबाट ‘गादो’ कपडामा बेरेर ल्याएको सिला (ढुङ्गा) पिठातोलामा देउता भन्दै पूजाआजा गरिँदै आएको पिठातोलाका लिलाराम जोशी बताउँछन् ।

“त्यो देउता ल्याएपछि दोस्रो पटक भोट (तिब्बत नजिकैको ठाउँ) मा जाने बेला धामी, पुजारी तथा भरियाको टोलीसँग आधा बाटोमा पुगेपछि कुकुरको बच्चा देखा पर्छ र त्यसै टोलीसँग हिँड्न थाल्छ । त्यो कुकुरलाई आफूबाट छुटाउन भोट जाने टोलीले धेरै प्रयास गर्छ तर सक्दैन । अन्त्यमा, नौरा (बझाङ सदरमुकाम नजिकैको गाउँ) का स्थानीयलाई चार मोहोरमा बेच्छन् । त्यसपछि त्यो देउताले बेच्नेहरूलाई सराप दिएको हुँदा लाङ्गोलाई खुसी पार्न सधैँ पुजिँदै आएको हा । स्थानीय लिलारामले भने।

दुदिरमाडौँ

यो मन्दिरलाई ‘न्यायको मन्दिर’ को उपमा दिने गरिन्छ । दोषीलाई सजाय र निर्दोषलाई न्याय दिने मन्दिरको रुपमा दुदिरमाडौँलाई पुजिँदै आएको हो । परापूर्वकालमा अन्यायमा परेका न्यायका लागि अदालती प्रक्रियाजस्तै त्यो मन्दिरमा न्याय खोज्न जाने गर्थे । न्यायको पक्षमा ‘दुदिर’ ले फैसला गर्ने गरेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार दोषीले रातिको समयमा पुज्ने र निर्दोषले दिउँसो नै पुज्ने गर्छन् । यो मन्दिरमा पूजाआजा गर्न कुनै खास महिना–बार कुर्नु पर्दैन ।

दुदिर साविकको पाटादेवल गाविस–४ पुजारी गाउँ नजिकैको सिँडिगाडको दुदिरमाडौँबाट ल्याइएको हो । पिठातोलाका पुर्खाले त्यो ठाउँबाट आउँदा पाल्तो (पानी पर्दा पानी छेक्ने छाताजस्तै रुखको बोक्रा र निगालोबाट बनाइएको वस्तु) मा जुका आएको भन्दै त्यसलाई खोलामा फालेको र जुकोले दुदिरको रुपधारण गरी पिठातोला पुगेको स्व। लक्ष्मीकान्त जोशीले एउटा भिडियो वार्तामा भनेका थिए। उनीसँगको भिडियो वार्तामा भनिएको, “जुकोले “तैँले मप्रति कुव्यवहार देखाइस्, तेरै छिमेकी भएर बस्छु, भनेर देवता आएको हो ।”

लाटामाडौँ

लाटामाडौँ मन्दिर खास गरी विवाह गरेर गएकी चेलीहरू पुग्ने गर्छन् । “यहाँ लाटो देउताबाट छोरीहरू टाढा हुँदा रिसाउने गर्छन् । त्यसलाई खुसी पार्नका लागि ठूलो खसीको बली चढाउनुपर्छ । त्यसपछि मात्र लाटो देउता खुसी हुन्छन्”, स्थानीय सत्यराज जोशी भने, “जबसम्म छोरी बहिनीहरूले लाटो देउतालाई खुसी पार्नुहुन्न, तबसम्म उहाँहरूको उन्नति हुँदैन भन्ने विश्वासका साथ पूजा आराधना गरिँदै आएको छ ।”

जानकारका अनुसार पिठातोलाबाट एक जना बिहे गरेर गएकी चेलीको घरमा जति लगानी गरे पनि बिग्रने, राम्रो गर्दा पनि नराम्रो हुने, रोगले ग्रसित भइरहने हुँदा आफ्नो नजिकको देउतालाई सोधेपछि लाटो देउता नपुजेको कारण देखाएको हुँदा त्यो समयदेखि नै लाटा मन्दिरको पूजा हुँदै आएको हो । त्यसपछिका चेलीलाई पनि सोही समस्या दोहोरिन थालेपछि लाटो देउताको पूजाआजाले निरन्तरता पाएको सत्यराज बताउँछन् ।

लाटामाडौँ मन्दिरमा रातिको समयमा मात्र पुज्ने गरिन्छ । पूजाआजा गर्ने बेलाका सामग्री पनि घरमा फिर्ता ल्याउन नपाइने र पूजामा पकाइएका परिकार र मासु पनि उतै खाइसक्नुपर्ने विश्वास सही आएको छ । खान नसकेर घर ल्याएमा देउता रिसाउने हुँदा उतै सक्नुपर्ने उनले बताए ।

पिठातोलामा माथि उल्लेख गरिएका मन्दिर मात्रै छैनन् । साना‑ठूला गरी अरू दर्जनौँ मन्दिर छन् । धार्मिक संस्कारअनुसार आस्थाका केन्द्र साना–ठूला मठमन्दिर टोलैपिच्छे भेटिन्छन् । धार्मिक गाउँको रुपमा चित्रण गरिएको पिठातोलामा बिहानको समयमा भजनकीर्तनले पुरै गाउँ गुञ्जायमान हुन्छ । बिहान ४ देखि ६ बजेसम्म आरती, शङ्खधुनलगायत पूजाआज प्रत्येक घरमा हुने गर्छ । धार्मिक संस्कारले बाँधिएको पिठातोला पुग्ने जो कोहीले पनि अनौठो महसुस गर्छन् ।

मन्दिरको नाममा लगानी गरेर आकर्षक बनाइएका मन्दिर भने छैनन् । स–साना मन्दिरमा त फूलपातीले सजाइएका छन् भने अलि ठूला मन्दिरमा जस्ता पाताले छाएको चन्द्रप्रकाश जोशीले बताए । “मठमन्दिर र पाटीपौवाले पिठातोलालाई शोभायमान बनाएको छ ।” उनले भने । रासस

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ
बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा
भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

ताजा

Dongfeng Motor has launched Munich design center in European markets

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.