• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • ६ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • ७ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • ८ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ९ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ९ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ९ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • १० घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

खुलामञ्च सधैं सबैका लागि खुल्ला हुन्छ, हामी टुँडिखेलपनि खुला गर्ने प्रक्रियामा गैसकेका छौं : बालेन शाह

जानकारी केन्द्र २०८०, फाल्गुन, ४

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले आफूहरु रहुञ्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुने स्पष्ट पारेका छन् । उनले आफूहरु खुलामञ्चमात्र नभई टुँडिखेलपनि खुला गर्ने प्रक्रियामा गैसकेको जनाएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले यस्तो जानकारी गराएका हुन् । उनले आफूहरु कुनैपनि किसिमले अतिक्रमित धेरैभन्दा धेरै ठाउँ खुला प्रक्रियामा गैसकेको पनि जनाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन् । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुखद छ । यसले आममानिसमा भ्रम श्रृजना गरेको पाइयो ।

हाम्रो सँधैको चाहना छ कि खुलामञ्च सँधै खुल्लै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ । खुलामञ्च यस्तो ठाउँ बनोस्, जहा :

– बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्,
– योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्,
– बच्चाहरू खेल्न पाउन्,
– दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्,
– प्रदर्शन, बिरोध र रचनात्मक कार्यक्रमहरु त्यहि खुलामञ्चमा राख्न पाइओस् ।
– यहि योजनालाई सार्थक बनाउन हामीले विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउने काम सकाएका छौँ । खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको अर्को चरणमा हामी छौँ ।
तर, यी कुनै कुरा परख नगरी कसैले अञ्जानमा वा नियतवश फैलाएका समाचार र धारणाहरूमा मिथ्या जानकारीहरू छन् । उपभोक्ता समितिबाट काम हुँदैछ पनि भन्ने अनि ५ करोडको मैदान बन्दैछ पनि भन्ने किसिमका समाचारहरु पनि देखिए । त्यस्ता धारणा राख्नेहरूलाई ५ करोडको बजेट उपभोक्ता समितिमार्फत जान पाउँदैन, ठेक्का नै लगाउनु पर्छ भन्ने सामान्य ज्ञान समेत बुझेको वा प्रश्न गरेको देखिएन ।
– यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सँधै सबैका लागि खुल्ला हुन्छ । हामी खुलामञ्च मात्र नभइ टुडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन । हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुल्ला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन वा सकारात्मक मानिएन । सार्वजनिक सम्पति विपत्त र विशेष अवस्थाका लागि बाहेक अन्य कुनै पनि समयमा जे उपयोगीताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनु पर्छ भन्नेमा बहस भइरहनु अचम्मलाग्दो छ ।
खुल्लामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा वस्ति बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन । खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कुल होस् वा अरू कुनै पनि व्यक्तिका नाममा वा संस्था मासिने गरेर प्रयोगमा जानु हुन्न । यस्ता सार्वजनिक महत्वका कुरा बुझाउन पनि उर्जा खर्चिनु पर्ने अवस्था आउनुले समाजको अवस्था सायद छर्लङ्ग पारेको छ ।
यी बिषयहरुमा मिडिया र अभियन्ताहरू जत्ति नै हामीलाई पनि चिन्ता, चासो र सजगता छ । यो कुरामा विश्वास गरिदिनु हुनेछ भन्ने आशा गर्दछौँ । त्योसँगै तीन तहको सरकार रहेको प्रणालीमा हरेक सरकारका आफाफ्ना जिम्मेवारी र सीमा छन् भन्ने बुझिदिनुहोला । र, सबै भन्दा मुख्य कुरा, कमजोरहरु, सत्ताको विपक्षमा रहेकाहरू सँधै सहि हुन्छन् भन्ने ‘बर्बरिक सिन्ड्रोम’ बाट मुक्त भई लोकतान्त्रिक किसिमले बनेका कानूनी व्यवस्था लागू गर्न साथै रहिदिनु हुनेछ भन्ने आशा र आग्रह गर्दछौँ ।
हामी खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौ बनाउने बाटोमा छौ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

ताजा

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.