राजीनामा नदिए मन्त्री ज्वालालाई बर्खास्त गर्ने प्रधानमन्त्री दाहालको तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घट्नामा दोषी देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरेका छन् । मन्त्री ज्वाला उक्त घट्नामा दोषी देखिएको भनेर छानबिन समितिको प्रतिवेदन आउँदापनि प्रधानमन्त्रीले किन बर्खास्त नगरेको भनेर विषय संसद्मा समेत प्रवेश गरेपछि प्रधानमन्त्री दाहालले यस्तो तयारी गरेका हुन् ।
सांसदहरुसँगको हिजो (आइतबार) को प्रश्नोत्तर कार्यक्रममा समेत प्रधानमन्त्री दाहालले छानबिन समितिको प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्छु भनेर प्रतिबद्धता जनाएका थिए । समितिले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदन हिजोको क्याविनेटमा प्रधानमन्त्रीले बुझिसकेका छन् । प्रधानमन्त्री दाहालले मन्त्री ज्वालालाई राजीनामा दिन भनिसकेका छन् ।
तर, ज्वालाले छानबिन समितिको प्रतिवेदन आफूले पनि पाउनुपर्ने अडान लिएका छन् । आफ्नो पार्टीका मन्त्रीलाई हटाउन लागिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री दाहालसँग रुष्ट छन् । रास्वपा, एमालेदेखि माओवादी केन्द्रका सांसदहरुले समेत मन्त्री ज्वालाको राजीनामा मागिसकेका छन् ।
कतिसम्म भने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि मन्त्री ज्वालाले पद छोड्दा नै राम्रो हुने भनेर हिजो सार्वजनिक रुपमा भनिसकेका छन् । प्रधानमन्त्री दाहालले आज माधव नेपालसँग छलफल गरेर मन्त्री ज्वालालाई बर्खास्त गर्ने तयारी गरेका छन् । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने–‘भौतिकमन्त्री ज्वालाको विषयमा आज माधवजीसँग छलफल हुन्छ, उहाँले राजीनामा दिँदा राम्रो हुन्छ । नत्र मैले आवश्यक कदम चाल्नुपर्छ ।’
सम्बन्धित समाचार
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

