“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “एक्सपेरीयन्स लाइफ विथ सिजी” अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर स्मार्ट घरायसी उपकरणहरूमा “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको बताइएको छ ।
कम्पनीका अनुसार,यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरणहरूको खरिदमा आकर्षक लक्की ड्र मार्फत विशेष उपहारहरू जित्न सक्नेछन्।
योजनाका प्रमुख आकर्षणहरूमा बम्पर लक्की ड्र रहेको छ भने यसमा भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमण जित्ने सुवर्ण अवसर प्राप्त गर्नुका साथै प्रत्येक १५ दिनमा गरिने लक्की ड्र रहेको छ भने यसमा भाग्यशाली विजेताले कुनै पनि ५ वटा उपकरणहरूको बन्डल जित्न सक्ने कम्पनीले जनाएको छ।
यस योजनामा सहभागी हुन ग्राहकहरूले सिजीका स्मार्ट घरायसी उपकरणहरूको खरिदपछि क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि सजिलै दर्ता गर्न सक्ने बताइएको छ।
सिजीको ”एक्सपेरीयन्स लाइफ विथ सिजी”वार्षिक अभियानले ग्राहकको जीवनस्तर उकास्ने र दैनिक कार्यलाई सहज बनाउने कुरामा सधैँ जोड दिँदै आएको जनाइएको छ। यसैअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज “सिजी मेरिडिया” ले अत्याधुनिक प्रविधि र विलासीपनको संयोजनमार्फत घरको शोभा बढाउँदै ग्राहकलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको कम्पनीको विश्वास रहेको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपका शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने जनाइएको छ।
ग्राहकहरूको बिक्रीपछिको सेवालाई अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ”सिजी केयरर्स” एप सञ्चालनमा ल्याएको छ। यस डिजिटल एप र देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले भरपर्दो र उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको दाबी गरेको छ।
कम्पनीका अनुसार, यो योजना भाद्र २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको छ।
सम्बन्धित समाचार
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

