“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “एक्सपेरीयन्स लाइफ विथ सिजी” अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर स्मार्ट घरायसी उपकरणहरूमा “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको बताइएको छ ।
कम्पनीका अनुसार,यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरणहरूको खरिदमा आकर्षक लक्की ड्र मार्फत विशेष उपहारहरू जित्न सक्नेछन्।
योजनाका प्रमुख आकर्षणहरूमा बम्पर लक्की ड्र रहेको छ भने यसमा भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमण जित्ने सुवर्ण अवसर प्राप्त गर्नुका साथै प्रत्येक १५ दिनमा गरिने लक्की ड्र रहेको छ भने यसमा भाग्यशाली विजेताले कुनै पनि ५ वटा उपकरणहरूको बन्डल जित्न सक्ने कम्पनीले जनाएको छ।
यस योजनामा सहभागी हुन ग्राहकहरूले सिजीका स्मार्ट घरायसी उपकरणहरूको खरिदपछि क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि सजिलै दर्ता गर्न सक्ने बताइएको छ।
सिजीको ”एक्सपेरीयन्स लाइफ विथ सिजी”वार्षिक अभियानले ग्राहकको जीवनस्तर उकास्ने र दैनिक कार्यलाई सहज बनाउने कुरामा सधैँ जोड दिँदै आएको जनाइएको छ। यसैअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज “सिजी मेरिडिया” ले अत्याधुनिक प्रविधि र विलासीपनको संयोजनमार्फत घरको शोभा बढाउँदै ग्राहकलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको कम्पनीको विश्वास रहेको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपका शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने जनाइएको छ।
ग्राहकहरूको बिक्रीपछिको सेवालाई अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ”सिजी केयरर्स” एप सञ्चालनमा ल्याएको छ। यस डिजिटल एप र देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले भरपर्दो र उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको दाबी गरेको छ।
कम्पनीका अनुसार, यो योजना भाद्र २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
