फागुन १२ देखि १८ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता धार्मिक यात्राको योग छ । आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएका कामको पुनस् थालनी हुनेछ । मध्य सातामा मनमा छटपटी बढ्नाले दुबिधा रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । स्वास्थ्य प्रति सजग रहनु पर्छ । मध्य सातामा वैदेशिक क्षेत्रको कामहरू अघि बढ्नेछ । व्यवसायका लागि नयाँ व्यक्तिसँग सहकार्यको सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता समाजसेवामा मन लाग्नेछ । सफल यात्रा हुनेछन् । कलकारखाना र बन्द व्यापार पुनस् सुचारु हुनेछन् । शेयर बजारले साथ दिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । राज्यबाट सहयोग मिल्ने देखिन्छ । शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ । साताको उत्तरार्धबाट पढाई लेखाइमा बाधा आउनसक्छ । व्यापार व्यवसायमा नोक्सानी पनि होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग गुलाबी वा सेतो हो ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो सातामा मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । शत्रुपक्ष पनि हावी हुन सक्नेछन् । साताको मध्यबाट भने एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । लगानी गरेको ठाउँबाट राम्रै प्रतिफल पाइएला । शेयर बजारले पनि साथ दिने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो हप्ता बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । राजनैतिक र सामाजिक कार्यमा मन जाला । प्राविधिक कार्यमा प्रगति हुनेछ । राजनैतिक क्षेत्र र समाजमा कीर्ति वृद्धिका योग पनि देखिन्छन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता धर्म कर्म तथा समाजसेवामा मनलाग्ने छ । सफल यात्राको योग छ र शत्रु पराजित हुनेछन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता कार्यमा सफलता पाइनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता स्वास्थ्यप्रति सजग रहनु होला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । कुनै कुराले चित्त पनि दुख्न सक्छ । मध्य साताबाट प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् । शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला, तर पुँजी बजारको लगानीमा ह्रास आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

