Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

भरतपुर पुगेर रविले रेनुलाई भने, ‘म मेयरसाबको प्रशंसक हुँ’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १८
भरतपुर पुगेर रविले रेनुलाई भने, ‘म मेयरसाबको प्रशंसक हुँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले भरतपुर भ्रमण वर्ष–२०२४ अभियान सफलताको शुभकामना ब्यक्त गरेका छन् ।

आज (शुक्रबार) भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सबैलाई सिंगो चितवन घुम्न आउन आग्रह गरेका छन् ।

साथै, रविले आफूले भरतपुर महानगर प्रमुख रेनु दाहालको राम्रा कामको सधैं प्रशंसा गरिरहेको बताए । उनले आफूले मिडियामा रहँदा पनि रेनुले गरेको राम्रा कामको प्रशंसा गरेको बताए ।

‘म मेयर साबले र उहाँको टिमले गरेको राम्रा कामको प्रशंसक हुँ,’– उनले भने ।

Top Changing Nepal

युट्युब सट्स